राजनीति
राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्
१५ बैशाख, काठमाडौँ – माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् । माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उहाँ पदमुक्त हुनुभएको हो ।
संक्रमणसँगै अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
१४ बैशाख, काठमाडौँ – नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल–भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् । नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स र भारतको एयर इन्डियाले पनि उडान बन्द गर्ने विषयमा विचार गर्न शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण […]
सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार
१३ बैशाख, काठमाडौँ – सर्वोच्च अदालतले सत्तारुढ नेकपा (एमाले) को आन्तरिक विवाद सम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षका २७ संघीय सांसद र पाँच कर्णाली सांसदलाई स्पष्टीकरण सोधेपछि सम्भावित कारबाही रोक्न माग […]
कर्णालीका चार सांसद पदमुक्त
१३ बैशाख,काठमाडौँ – कर्णाली प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त भएका छन् । प्रदेशसाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चार जनाको पद रिक्त भएको जानकारी गराएका हुन्। पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा पदमुक्त भएका हुन् । ज्वाला सल्यान प्रदेशसभा (ख), बुढा डोल्पा प्रदेशसभा […]
कोरोना संक्रमित स् अस्पताललाई थेग्नै गाह्रो
१३ बैशाख, काठमाडौँ – कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ। अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि बेड संख्या, जनशक्ति र स्रोतसाधन थपिदिन पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनुवाइ गरेको छैन। […]
तत्काल लकडाउन नगर्ने सरकारको तयारी
१२ वैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नहुने बताउनुभएको छ । आइतबार एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्ट देखिएका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताउदै उहाँले स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि प्रधानमन्त्री ओलीले […]
बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक शुरू
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो । ६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य […]
केन्द्रीय समिति बैठकअघि कांग्रेसले बोलायो पदाधिकारी बैठक
१२ बैशाख, काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो। महाधिवेशन तयारीबारे छलफल हुने कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ। आजको बैठकले सोमबार बस्ने पार्टी केन्द्रीय […]
ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, सांसदमाथिको कारबाही अघि बढ्ला ?
१२ बैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक कमिटी (केन्द्रीय कमिटी) को आकस्मिक बैठक बोलाउनु भएको छ । आइतबार बिहान १० बजे बैठक बोलाउनु भएको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। माधव नेपाल पक्षका २७ सांसदलाई सोधिएको स्पष्टीकरणबारे छलफलका लागि बैठक डाकिएको एक सदस्यले बताउनु भयो। स्पष्टीकरण सोधिएका अधिकांशले आफ्नो जवाफ […]
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
१० वैशाख, काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल फर्किए लगत्तै गौतमसँग भेटवार्ता भएको हो । विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको […]



