Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्व

वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति  निर्वाचित

२३कात्तिक काठमाडौँ – जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ भने कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ ।   आगामीज नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुनेछ । […]

अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड नाघ्यो

२२ कात्तिक काठमाडौँ – संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको ग्राफ झनै बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या पुष्टि भएको छ । शुक्रबार अमेरिकामा १ लाख ३२ हजार ५४० नयाँ संक्रमित फेला परेका छन् । यो एकै दिनमा संक्रमित पुष्टि हुने अमेरिकाभरिकै मात्र नभएर अन्य कुनै पनि देशमा भन्दा हालसम्मकै […]

ट्रम्पको दाबी, ‘म विजयी हुनेछु’

२१ कात्तिक एजेन्सी –  आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे ।   उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् । ट्रम्पले […]

संसारकै शक्तिशाली पद अमेरिकी राष्ट्रपति चुनावमा कति खर्च हुन्छ ?

२१ कात्तिक एजेन्सी -यतिबेला विश्वभर अमेरिकी राष्ट्रपति चुनावको चर्चा छ । मैदानमा डेमोक्र्याट उम्मेदवार जो बाइडेन र रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प छन् ।अहिले विश्वभर नै सबैभन्दा बढी चर्चामा रहेको यो चुनावमा कति खर्च हुन्छ रु यो प्रश्नको उत्तर धेरैले खोजेका छन् । विश्वकै शक्तिशाली पद मानिएको अमेरिकी राष्ट्रपति छान्ने प्रक्रियामा पक्कै पनि अर्बौ डलर […]

ट्रम्पद्वारा तीन राज्यमा मतगणना रोक्न उजूरी

२० कात्तिक एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक […]

चुनाव जित्ने बाइडेनको दाबी : पुनः मतगणना गर्न ट्रम्पको माग

२० कात्तिक  एजेन्सी अमेरिकी राष्ट्रपति चुनावी दौडमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफ्नो जित निश्चित भएको बताएका छन् ।  निर्णायक राज्य विस्कन्सिन र मिसिगनमा विजयी भएसँगै ७८ वर्षीय बाइडेनले आफ्नो जित निश्चित भएको बताएका हुन् । उनले आफ्नो जित निश्चित भएको दाबी गरेका हुन् । बाइडेनले कुल ५३८ इलेक्टोलर सिटमध्ये २५३ सिटमा जित निश्चित गरेका […]

बाइडेनले राष्ट्रपतीय निर्वाचनमा अमेरिकी इतिहासकै रेकर्ड ब्रेक गर्ने

२० कात्तिक एजेन्सी – बाइडेनले हाल सम्मकै सर्वाधिक मत प्राप्त गरेरर राष्ट्रपतिको निर्वाचन जित्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अलजाजीरा’का अनुसार बाइडेनले बाराक ओबामाको रकर्ड समेत तोडेका छन् । संयुक्त राज्य अमेरिकामा मतदान समाप्त भएसँगै सबैको आँखा ह्वाइट हाउसको लागि प्रतिस्पर्धा तय गर्न मिशिगन, पेन्सल्भेनिया, जर्जिया र उत्तर क्यारोलिनाका प्रमुख राज्यहरूको मतको परिणालाई हेरिरहेका छन्, […]

भारतीय सेनाप्रमुख नरवणे काठमाडौंमा

१९ कात्तिक  काठमाडौं –भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् ।  भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् । उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग […]

अमेरिकी राष्ट्रपतीय निर्वाचन : मतदान सम्पन्न नतिजा आउन सुरू

१९ कात्तिक एजेन्सी कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित देश अमेरिमा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ । विश्वलाई नै केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय निर्वाचितमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन् । निर्वाचन सकिए संगै कतिपय ठाउँका नतिजा समेत आउन थालेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने आँकलन […]

अमेरिकामा राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै

१८ कात्तिक काठमाडौं – अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ ।अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एनबीसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव […]