शिक्षा
साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा
५ साउन, काठमाडौं– कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउने बोर्डका उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । कक्षा १२ को परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ […]
चिकित्सा शास्त्रको स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि, पीसीआर रिपोर्ट अनिवार्य
१६ असार, काठमाडौँ – चिकित्सा शास्त्रतर्फको स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने भएको छ । चिकित्सा शिक्षा आयोगले मंगलबार सार्वजनिक गरेको सूचनामा जनाइए अनुसार प्रवेश परीक्षा बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको तालिका अनुसार साउन ९ गते शनिवार एमबिबिएस, साउन १० गते आईतबार बिडिएस, साउन ११ गते […]
परीक्षा आवेदन फारम भर्ने सम्वन्धी त्रिविको अत्यन्त जरुरी सूचना
१५ असार, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय रामपुर चितवनले परीक्षा आवेदन फारम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । सूचनामा भनिएको छ, ‘यस संस्थानद्वारा २०७८ श्रावण महिनादेखि सञ्चालन हुन गइरहेको वि.एस्सी कृषि र वि।भि।एस्सी एण्ड ए.एच तहका निम्न सत्रान्तको नियमित परीक्षाहरूको लागि सम्बन्धित परीक्षार्थीहरुले मिति २०७८ […]
मदन भण्डारी प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन प्रधानमन्त्रीले गर्दै
१३ असार, काठमाडौँ – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। सोमबार मदन भण्डारीको जन्मोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन गर्ने भएका हुन्। प्रतिष्ठानको रजिष्ट्रार राजेश प्रसाईंका अनुसार प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। प्रतिष्ठानले स्थापना भएको पहिलो वर्षमा तीनवटा विषय […]
कक्षा ११ र १२ को रजिष्ट्रेसन र परीक्षा आवेदन फारम असार २० सम्म भर्न सकिने
१२ असार, काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ। बोर्डले रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद २०७८ असार २० गतेसम्मका लागि थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म तोकिएको थियो । अघिल्लो समयसीमाभित्र फारम बुझाउन […]
त्रिविका स्नातक तहका रोकिएका परीक्षा साउन ५ गतेदेखि
११ असार, काठमाडौं– त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित परीक्षा साउन ५ देखि सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण रोकिएका स्नातक तहका स्थागित परीक्षा त्रिविले साउन ५ देखि सुरु गर्न लागेको हो । परीक्षा सुरु गर्नका लागि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको समय तालिका पनि प्रकाशित गरिसकेको छ । प्रकाशित तालिका अनुसार त्रिविले स्नातक […]
स्थगित परीक्षा साउनदेखि
९ असार, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । विश्वविद्यालयको यो निर्णयसँगै […]
स्नातक प्रथम वर्षको परीक्षा गराउने त्रिविको तयारी
२५ जेठ काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा फारम भर्दा केही परीक्षार्थीहरुको रजिष्ट्रेसन नम्बरअनुसार अनलाइन एक्सेस नखुलेको हुँदा भोलि जेठ २६ गतेदेखि रजिष्ट्रेसन नम्बर नराखी फारम भर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। जेठ मसान्तसम्म सबै परीक्षार्थी तथा क्याम्पसहरुले सम्पूर्ण आवेदन […]
एसईई खारेज गर्न सरोकारवालाको जोड
२५ जेठ, काठमाडौँ – सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले करोडौँ लगानी गरेर उपलब्धि नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन् । काठमाण्डौमा भएको कार्यक्रममा शिक्षाविद् डा।विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्नेमा […]
निषेधाज्ञाले पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या
२४ जेठ, काठमाडौं– कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिकसत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन । प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन । महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना […]



