शिक्षा
तालिवानद्वारा शिक्षा सम्बन्धी नीति सार्वजनिक
२८ भदौ, एजेन्सी –अफगानिस्तानको तालिवान सरकारले नयाँ शिक्षा नीति सार्वजनिक गरेको छ । तालिवान सरकाले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ शिक्षा नीतिमा पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिवानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने उल्लेख गरेको छ । तालिवानले […]
भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे
२७ भदौ, बैतडी – यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो […]
दुर्गमका बालबालिका अनलाइन कक्षाका लागि रुखमै लिन्छन् डेरा
२६ भदौ,खोटाङ-खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन्। सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा(डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेका छन्। उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदैआएको […]
विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड
२७ साउन, सुर्खेत -मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला विद्यार्थीले पार्किङ गरी राखेको गाडी तोडफोड गरेका हुन् । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताउनुभयो […]
दुई विद्यालयका सञ्चालक कारबाहीमा
२६ साउन, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई जरिवाना गरी कारबाही गरेको छ । कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार […]
शैक्षिक सहकार्यका लागि दुइ विश्वविद्यालय बीच सम्झौता
१७ साउन काठमाडौँ – शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता सन् २०२१ मे १९ मा भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण […]
गायक ताथा संगितकार योगेस्वर अमात्यद्वारा विद्यालयलाई टेलिस्कोप उपहार
१६ असार, काठमाडौँ -गायक तथा संगितकार योगेश्वर अमात्यले छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयलाई उपहार स्वरुप टेलिस्कोप प्रदान गर्नुभएको छ । उपहार ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरले विद्यालयमा खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन प्रभावकारी हुने बताउनु भायो । लामो समयदेखी नेपाल एष्ट्रोनोमिकल सोसाइटीसँग सहकार्य गर्दै आएको उक्त विद्यालयले टेलिस्कोपको सही सदुपयोगबाट विद्यार्थीहरु लाभान्वीत हुने विश्वास […]
त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय
१४ साउन, काठमाडौँ –त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा योगेश रञ्जितले जानकारी दिनुभयो । दुई वर्षे […]
जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन
१३ साउन, काठमाडौँ – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । […]
एसईईको नतिजा साउन २५ सम्ममा सार्वजनिक हुने
१२ साउन, काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन २५ सम्ममा सार्वजनिक गर्ने तयारी गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले (एसईई) को नतिजा साउन २५ सम्ममा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । हाल […]



