समाचार
टिकटक बनाउने क्रममा पासोमा झुन्डिदा उदयपुरमा एक बालिकाको मृत्यु
१३ जेठ, काठमाडौं– प्रदेश एकको उदयपुरमा टिकटक बनाउने क्रममा बालिकाको मृत्यु भएको छ। टिकटक बनाउनेक्रममा पासो लगायर अभिनय गर्न खोज्दा उदयपुरको चौदण्डीगढी नगरपालिका ९ की ११ वर्षिय सन्जिता बस्नेतको ज्यान गएको हो । बुधवार साँझ मुडामा चढेर पासो लगाएर टिकटक बनाउन खोज्दा सलको पासो बनाएर झुन्डिएको फुटेज देखिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रारम्भिक […]
सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मल्लको निधन
१३ जेठ, धनगढी – सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहनुभएका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिनुभयो । चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आउनुभएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली […]
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण
१३ जेठ, काठमाडौँ – काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते […]
यस चक्रवातको प्रभावले आज दिनभर वर्षा हुने : डुबानको जोखिम
१३ जेठ, काठमाडौं – बंगालको खाडीमा उत्पन्न भएको यास चक्रवातको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली […]
निषेधाज्ञामा भोकले मर्नुपर्ने अवस्था हुँदैन, खाद्यान्न नपाए १०३ मा फोन गर्नुस्ः सिडिओ पराजुली
१२ जेठ, काठमाडौँ – काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडाइ गरिए पनि कोही भोकै मर्नुपर्ने अवस्था आउन नदिइने बताएका छन्। जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनले जिकिर गरे। बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका […]
तरकारी बजारमा सवारी साधनलाई जोरबिजोर प्रणाली लागु
१२ जेठ,काठमाडौँ – निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुला हुँदै आएको छ । सिमित समयका लागि खुला गरिएको बजारमा धेरै भिड […]
निषेधाज्ञा अवधिमा नागरिकता वितरण भएको छैन
१२ जेठ, काठमाडौँ – निषेधाज्ञा अवधिमा नागरिकता वितरण भइरहेको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले दाबी गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका अवधिमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण नगरेको प्रष्ट पारेको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”जिल्ला प्रशासन कार्यालयको […]
सुदूरपश्चिमः महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित
१२ जेठ, काठमाडौँ – कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ […]
नेपाललाई १० लाख डोज खोप अनुदामा दिने चिनियाँ राष्ट्रपतिको घोषणा
१२ जेठ, काठमाडौं– चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । दुवै देशका राष्ट्रपतिबीचको टेलिफोन कुराकानी भएपछि आज नै चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । टेलिफोन वार्तापछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गर्नुभएको हो । टेलिफोन […]
काँग्रेसद्वारा कोभिड नियन्त्रणका लागि सरकारको पुनः ध्यानाकर्षण
१२ जेठ, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ । सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि […]



