Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

खोप खरिदका लागि पहल गरिदिन चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह

१२ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरूद्धको खोप ल्याउन दुवै देशका राष्ट्राध्यक्षसँग पहल गर्नुभएको छ । हिजोमात्रै परराष्ट्रमन्त्रालयमार्फत भारतीय समकक्षीलाई पत्र पठाउनुभएको राष्ट्रपति भण्डारीले आज खोपका लागि चिनियाँ समकक्षीसँग पनि टेलिफोन वार्ता गर्नुभएको हो । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो। राष्ट्रपति भण्डारीले टेलिफोन वार्ताका […]

किनमेलका नाममा भीड बढेपछि किराना पसल पनि बन्द गर्ने निर्णय

१२ जेठ, काठमाडौँ – कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसलसमेत बन्द गर्ने निर्णय गर्नु परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भएको छ । काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर समेत बन्द गर्ने प्रशासनको निर्णय अव्यावहारिक भएको भन्दै गुनासो आइरहेका बेला प्रजिअ भट्टराईले सर्वसाधारणकै लागि यो निर्णय लिइएको बताउनुभएको हो  । […]

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै

१२ जेठ, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको संख्या भन्दा संक्रमणमुक्त धेरै भएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार नेपालमा ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् भने ६ हजार ७१६ जना संक्रमण मुक्त भएका छन् । बुधवार पीसीआर विधिमार्फत १९ हजार ३० नमुनाको परीक्षण गर्दा ६ हजार ६ सय ७७ […]

विभिन्न प्रयोजनका लागि लगिएका अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१२ जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका एक सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा […]

खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिको आग्रह

१२ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन भारतसँग आग्रह गर्नुभएको छ । उहाँले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाउँदै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको स्रोतले जनाएको छ । उहाँले परराष्ट्र मन्त्रालयमार्फत भारतीय समकक्षीलाई कुटनीतिक पठाउनुभएको स्रोतले जनाएको छ । पत्रमा भारतमा फैलिएको कोरोना महामारीप्रति राष्ट्रपतिले दुःख व्यक्त गर्नुभएको छ ।

गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारद्वारा सहयोग

१२ जेठ, काठमाडौं– कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले लुम्बिनी दृष्टिविहीन तथा अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठान र मिलिजुली परिवारले संयुक्त रुपमा बुटवल–१५, उजेलापुरमा रहेको उक्त आश्रममा रहेका ३२ जना बालबालिका लागि खाद्यान्न तथा अन्य सामग्री बितरण गरेको हो । मंगलबार सिद्धार्थनगर जेसीजका अध्यक्ष गोपाल ज्ञवालीको प्रमुख आतिथ्यमा २० […]

पछिल्ला राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको भारतको भनाइ

१२ जेठ, काठमाडौं– नेपालको राजनीतिक वृत्तमा अहिले भइरहेको उतारचढाव नेपालको आन्तरिक मामिला भएको भारतले बताएको छ । यद्यपी नेपालमा अहिले भइरहेका घटनाक्रमलाई भने जानकारीमा लिइरहेको भारतले जनाएको छ । नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे सञ्चारकर्मीले राखेको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले, ‘प्रगति, शान्ति, स्थिरता र विकासमा नेपाल र नेपाली जनताको यात्रामा एउटा छिमेकी […]

दक्षिण कोरियाले नेपाललाई दुई लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने

१२ जेठ, काठमाडौं– दक्षिण कोरियाले नेपाललाई तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीमा सहयोगकोको अपेक्षा सहित दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय […]

बागमती प्रदेशमा कोरोना संक्रमणबाट ४६ जना मृत्यु

१२ जेठ, काठमाडौँ – कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन ४६ जनाको मृत्य भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा १४ जना महिला र ३२ जना पुरुष गरि कुल ४६ जनाको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं, ललितपुर र भक्तपुरका रहेको मन्त्रालयको […]

आज किरात समुदायको महान पर्व उभौली मनाइँदै

१२ जेठ, काठमाडौँ – प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ । बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात […]