समाचार
पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना कोरोना संक्रमण थप, १६९ को मृत्यु
११ जेठ, काठमाडौँ – नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २२ हजार ९३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २२ हजार […]
उपत्यकामा जारी निषेधाज्ञा फेरी एक साता थपियो, किराना पसल पनि खोल्न नपाइने
११ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साताका लागि थपिएको छ । संक्रमण दरमा सुधार नआएको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ […]
एम्बुलेन्समा गाँजा भेटियो !
११ जेठ, काठमाडौं– एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो । सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अबैध लागू पदार्थ गाँजा बोक्यो भन्दा ! इलाका प्रहरी कार्यालय धरानले गएराति एम्बुलेन्समा १०० किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो । भेडेटारबाट धरानतर्फ आइरहेको हुडेप नेपाल लेखिएको को १ […]
वीरगन्जमा लागुऔषधसहित दुईजना पक्राउ
११ जेठ, काठमाडौँ – वीरगन्ज महानगरपालिका १७ अलौंमा खाल्डो खनेर लुकाइएको लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अलौंस्थित पर्ति जग्गामा खाल्डो खनेर माथिबाट स्याउलाले छोपेर लुकाइएको लागुऔषध वीनसिरेक्स ८८ बोत्तलसहित स्थानीय ४० वर्षीय सकुन नेशा पवरिया र ३५ वर्षीय अमरुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले […]
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, सर्वोच्चमा पेस
११ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चको अवहेलना गरेको भन्दै रिट पेस भएको छ । अदालको फैसला नमानी संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट पेस भएको हो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत राखेको र विश्वासको मतमा पराजित भएपछि प्रतिशोध एवं वदनियतपूर्ण तरिकाले संसद […]
कोरियामा रामेछापका विष्णु श्रेष्ठले गरे आत्महत्या
११ जेठ, काठमाडौँ – रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भृलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ । मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत […]
वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउनुः त्रिवि
११ जेठ, काठमाडौं– त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्णलाई अनुरोध गरेको छ । विश्वविद्यालयले एक विज्ञप्ती जारी गर्दै वैकल्पिक रुपमा परीक्षा गर्न र पठनपाठन सुरु गर्नका लागि अनुरोध गरेको हो । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाबाट जारी विज्ञप्तीमा, ‘वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका […]
पुनर्गठित सीसीएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा
११ जेठ, काठमाडौं– पुनर्गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिइओमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले उहाँलाई सिइओमा नियुक्त गरेको एक मन्त्रीले बताए । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी लडाकु समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए। उनी संयुक्त राष्ट्र संघका पूर्वफोर्स कमान्डर […]
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदै
११ जेठ, काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल, विश्वकप छनोट र २०२३ को एसियन कपको छनोट खेलका लागि आज इराक जाँदैछ । राष्ट्रिय फुटबल टोली राति १० बजे कतार एयरवेजबाट जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय टोलीमा २३ खेलाडी र १२ जना अफिसियल सहित ३५ सदस्यीय टोली […]
१४६ सांसदको रिटमाथि शुक्रबार सुनुवाई हुने : सर्वोच्च
११ जेठ, काठमाडौँ – सर्वोच्च अदालतमा १४६ सांसद उपस्थित भएर सोमबार दायर गरिएको रिटमाथिको सुनुवाई कहिले हुन्छ भन्ने आम जनमानसमा चासो छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसदले सोमबार सशरीर अदालतमा उपस्थित भएर रिट दायर गरेका हुन् । रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश […]



