समाचार
सशस्त्र प्रहरीको गोली लागि नवलपरासीमा एकको मृत्यु
५ जेठ, काठमाडौं– सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेपा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ का २३ वर्षिय अविनाश राजभार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा बुटवल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको हो । पश्चिम नवलपरासीको […]
पूर्वमन्त्री बस्नेतद्वारा सांसद विकास कोषको पैसाले औषधि, अक्सिजन खरिद
५ जेठ, काठमाडौँ – सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको रु १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ । पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै रु १८ लाखको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । उक्त रकमबाट ४० वटा सिलिण्डर, […]
रुकुमपश्चिम जाँदै गरेको बस दाउन्नेमा खस्यो : चारको मृत्यु, ४९ घाइते
५ जेठ, काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम […]
काठमाडौंमा पुनः भूकम्प
५ जेठ, काठमाडौं । काठमाडौंमा पुनस् भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका छन् । बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ केन्द्रबिन्दु भएर ५।८ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूककम्पको महसुस काठमाडौंमा पनि भएको थियो ।
एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय
५ जेठ, काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ । […]
आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद
५ जेठ, काठमाडौँ – केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति […]
खोप खरिदमा आलटाल
५ जेठ, काठमाडौँ – पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए । उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत […]
नेपालमा कोभिड-१९ का दुई नयाँ भेरियन्ट देखिए
४ जेठ, काठमाडौं – नेपालमा कोभिड-१९ का तीन वटा भेरियन्ट देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिडका थप दुई नयाँ भेरियन्ट देखिएका जनाएको छ । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबैलाई सचेत रहन र जिम्मेवार बन्न आग्रह गरेको छ देशका विभिन्न भागबाट गत […]
नेपाली कांग्रेस काठमाडौं चनखु सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण
अनिता थापा मगर ४ जेठ, रामेछाप – नेपाली कांग्रेस काठमाडौँ चनखु सम्पर्क समितिद्वारा चनखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै औषधि लगायत अन्य स्वास्थ्य सामाग्रीको अभाव हुन सक्ने भन्दै सम्पर्क समितिले चनखुले स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । तत्काल स्वास्थ्य सुरक्षा सामाग्री तथा […]
‘धुर्मुस’ले दिए अस्पताललाई अक्सिजन
४ जेठ, काठमाडौँ – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका उहाँले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शैयाको कोभिड अस्पताललाई ५० थान अक्सिजन दिनुभएको हो । ‘अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरेको हो’ धुर्मुसले भन्नुभयाो ‘देशमा देखिएको […]



