Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमित निको

३ जेठ, काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख […]

कोरोना कहरका कारण होटल व्यवसाय धरासायी हुने जोखिम, तेस्रो त्रैमाससम्ममा सोल्टीले व्यहो¥यो १३ करोड घाटा

३ जेठ काठमाडौं– कोभिड–१९ संक्रमणका कारण चल्न नपाएका ठूला होटलको आम्दानी ऋणत्मक देखिन थालेको छ । गत वर्षको कोरोना कहरका कारण पाँच महिना पूर्ण रुपले बन्द रहेका ठूला होटल यस वर्ष पनि कोरोनाकै कारण संचालन हुन नसकेका कारण आम्दानी दिन प्रतिदिन घट्दै गएको हो । आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासिक विवरणमा ठूला होटलहरुको आम्दानी […]

कोभाक्समा खोप उपलब्ध गराउन सात औद्योगिक राष्ट्रसंग युनिसेफको आग्रह

जेठ, एजेन्सी- संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गर्नु भएको छ । विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ […]

अति शक्तिशाली चक्रवात “तौकताए”को प्रभाव नेपालमा पनि पर्ने

३ जेठ, काठमाडौँ- हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “तौकताए”(TaukTae) अझ बिकशित हुने क्रममा रहेको छ । उक्त चक्रवात हाल उत्तर उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको छ। सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य […]

सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न वाग्मती सरकारको निर्देशन

३ जेठ, काठमाडौँ- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री पौडेलले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग […]

नेपाल टेलिकमबाट अब नेटवर्क नहुँदा समेत कल गर्न सकिने

३ जेठ, काठमाडौं-आजदेखि भीओएलटीई सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले अब भीओवाईफाई सेवा समेत सुरु गर्ने भएको छ । कम्पनीले एक महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी आन्तरिक परीक्षण थालेको हो । यो सेवा सुरु भएसँगै टेलिकमका प्रयोगकर्ताले कम्पनीको मोबाइल नेटवर्क कमजोर रहेको स्थानमा अथवा नेटवर्क नै नभएको स्थानमा समेत भीओएलटीई (फोरजीमा आधारित एचडी भ्वाइस, भिडिओ र […]

ललितपुरमा बेवारिस अवस्थामा फ्यालिएका करिब पाँच सयवटा अक्सिजन सिलिन्डर भेटियो

३ जेठ, काठमाडौँ-कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै अस्पतालहरुमा अक्सिजनको हाहाकार छ । यता सरकारले समेत माग बढेसँगै सिलिन्डरको अभावले गर्दा आपूर्ति हुन नसकेको धारणा राखिरहँदा ५ सयवटा अक्सिजन सिलिन्डर बेवारिस अवस्थामा फेला परेको छ ।  ललितपुरको मल पोखरीस्थित खाली जग्गामा बेवारिसे अवस्थामा फ्यालिएको अवस्थामा ती अक्सिजन सिलिन्डर भेटिएको हो ।रिब ५ सयको संख्यामा रहेका ती […]

सुवास जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक

३ जेठ, काठमाडौं – गीतकार सुवास जमरकट्टेलको सन्देशमुलक गीत ‘विश्व सारा’ सार्वजनिक भएको छ । युटुव च्यानल मार्फत गीत सार्वजनिक गरिएको गीतमा सुवास जमरकट्टेलका शब्दमा वरिष्ठ संगितकार विकाश चौधरीले संगित भरेका छन् । गीतमा लोकप्रिय गायक विकास लिम्बुको स्वर रहेको छ । शुसिल विक्रम शाहले रेर्कडिङ तथा मिक्सिङ गरेका छन भने दयाराम घिमिरेले भिडियो सम्पादन […]

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

१ जेठ, बलेवा – बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ […]

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

१ जेठ, नुवाकोट – नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् । तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी […]