समाचार
जि.वि.स.का पूर्व सभापति खड्काको निधन प्रति (जि.स.स.) रामेछापद्धारा शोक ब्यक्त
अनिता थापा मगर २० वैशाख, मन्थली – जिल्ला समन्वय समिति रामेछापले तत्कालिन जिल्ला विकास समिति (जिविस) हालको (जिसस) का पूर्व सभापति शिवबहादुर खड्का निधन प्रति शोक ब्यक्त गरेको छ । खड्काको आइतबार राजधानीस्थित एक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेर निधन भएको थियो । खड्काको निधनप्रति जिसस रामेछापका प्रमुख प्रेम बहादुर खड्काले शोक बक्तब्य जारी […]
सोमबारदेखि आन्तरिक उडान बन्द
२० वैशाख, काठमाडोँ – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबारदेखि आन्तरिक उडान बन्द हुने भएको छ । संक्रमण तीब्र रुपमा फैलिएको भन्दै सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । यसअघि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्दै सरकारले सडक आवागमन ठप्प बनाए पनि हवाई मार्ग खुला राखेको थियो । सरकारले आन्तरिक र […]
रामेछापमा एकसाता निषेधाज्ञा हुने
अनिता थापा मगर १९ बैशाख, रामेछाप – बढ्दो कोरोना भाइरस संक्रमण संगै रामेछाप जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख २० गते रातीको १२ बजेदेखी लागुहुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यबस्थापन केन्द्र रामेछापको आइतबार बसेको बैठकले जिल्लाका बिभिन्न स्थानलाइ लक्षित गर्दै निषेधाज्ञा […]
नमोबुद्धका नगरप्रमुखलाई पितृशोक
१९ वैशाख, काठमाडौँ – नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनालाई पितृशोक परेको छ । दिउँसो ३ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर २ स्थित आफ्नै घरमा ८७ बर्षको उमेरमा तिमल्सिनाको निधन भएको हो । वि.स १९९१ सालमा जन्मेका इन्द्रप्रसाद तिमल्सिना विगत लामो समयदेखि दम तथा बाथरोगको समस्याबाट पीडित थिए । तिमल्सिनाका तीन छोरा र एक छोरी […]
थप खोप ल्याउन पहल जारी छ : अर्थमन्त्री पौडेल
१९ वैशाख, काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नुभएको छ । कोभिडको दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गर्नु भएको हो । कोभिड–१९ का बिरामीको […]
दोब्बर मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही
१९ वैशाख, काठमाडौँ – बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतबार कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख […]
रामेछापमा पनि लकडाउन गर्न मानव अधिकारको माग
१९ वैशाख, काठमाडौँ – कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि रामेछाप जिल्लामा पनि तत्काल लकडाउन गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले माग गरेको छ । रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । जिल्लामा पछिल्लो एक साताको अवधिमा ४१ जनामा संक्रमित भेटिएको छ । काठमाडौं उपत्यकासहित देशका २२ भन्दा बढी जिल्लामा लकडाउन गरिए […]
पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु
१९ वैशाख, काठमाडौँ – गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो । डा. […]
पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय
१९ वैशाख, काठमाडौँ नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा एक सदस्यले बताउनु भयो । ‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको छ’, उहाँले भन्नु भयो […]
एकै रातमा बाँकेका चार कोरोना सङ्क्रमितको मृत्यु
१९ वैशाख, काठमाडौँ – बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताउनु भयो। उहाँका अनुसार यही वैशाख १४ गते भर्ना भएका बैजनाथ गाउँपालिका–२ बाँके निवासी २० वर्षीय पुरुष र १७ गते […]



