Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

कारमा मृत भेटिएका तीन बालकको पहिचान खुल्यो

१९ वैशाख, काठमाडौँ – तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार […]

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, काठमाडौँ – कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया […]

आजदेखि निषेधाज्ञामा थप कडाइ गरिने

१९ वैशाख, काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो  । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ […]

पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात

१९ वैशाख, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न थालेको हो । प्राधिकरणले केही समयअघि भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न अनुमति दिएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा […]

मकवानपुरमा निषेधाज्ञा लगाउन सिफारिस

१८ वैशाख, काठामाडौँ – जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले मकवानपुरका ४ वटा स्थानीय तह र राजमार्गको ५ सय मिटर वरपर निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ । केन्द्रको बैठकले मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गर्न सिफारिस भएको हो । त्यसैगरी राजमार्गको ५ सय […]

झलनाथ खनाललाई देखियो कोरोना, अस्पताल भर्ना

१८ वैशाख, काठमाडौँ – नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनलाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको छ । त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि सोही अस्पतालमा राखिएको जनाइएको […]

कोरोना महामारीः सरकारले हात उठाएको चिकित्सक संघको आपत्ति

१८ वैशाख, काठमाडौँ – नेपाल चिकित्सक संघले कोरोना महामारीबारे सरकारी प्रतिक्रियाप्रति आपत्ति जनाएको छ । शनिबार नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा। बद्री रिजालद्वारा जारी विज्ञप्तिमा सरकारको भनाईले संघको ध्यानाकर्षण भएको जनाइएको छ । ‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १७ गते सर्वसाधारणका नाममा गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने […]

मदनकृष्णको आग्रह- ‘कोरोनालाई खेलाची नसोचौं’

१८ वैशाख, काठमाडौं – दोस्रो पटक कोरोना संक्रमित बनेका कलाकार मदनकृष्ण श्रेष्ठ ८ दिन लामो अस्पताल बसाइँपछि शुक्रबार डिस्चार्ज भएका छन्। श्रेष्ठका परिवारका पाँचै जनालाई संक्रमण भएको थियो । ८ दिन राजधानीको मेडिसिटी अस्पताल बसेर डिस्चार्ज भएसँगै श्रेष्ठले एक भिडियो सन्देश जारी गरेर कोभिड–१९ बाट सुरक्षित बस्न आग्रह गरेका छन्। यसपटकको कोरोनाले आफूलाई निकै गालेको […]

अस्पतालमा अक्सिजन अभाव

१८ वैशाख, दाङ । यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पु¥याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताउनुभयो । अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब श्यया थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि […]

सरकारले श्रमिक प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पोखरेल

१८ वैशाख, काठमाडौ – उपप्रधानमन्त्री  ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ  । अन्तरराष्ट्रिय श्रमिक दिवस ( मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी नेपालीमा  शुभकामना व्यक्त गर्दै उहाँले सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, […]