Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

कर्णाली कोरिडोरको निर्माणको काम तीव्र गतिमा

२४ चैत्र, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए […]

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

२४ चैत्र, कैलाली – कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । […]

जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक : स्वास्थ्य मन्त्री

२३ चैत्र, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि […]

जुम्लाको मुल्लीमा आगलागी, ३५ घर जल्यो

२२ चैत्र, जुम्ला – यहाँको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर खरानी भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर […]

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

२२ चैत्र, गोरखा – गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीय ठाकुर […]

मन्थलीमा महिला स्वास्थ्य सम्बन्धी एक दिने तालिम सम्पन्न

अनिता थापा मगर २२ चैत, रामेछाप – महिलाहरुको स्वास्थ्य समस्या सम्बन्धी एक दिने अनुशिक्षण तालिम सम्पन्न भएको छ । शनिबार रामेछापको मन्थलीमा महिलाहरुको जनजिवनमा हुने स्वास्थ्य समस्याको बारेमा १ दिने तालिम सम्पन्न भएको हो । तालिममा  सुभजिबन हस्पिटल खुर्कोटका स्त्री रोग विशषज्ञ डाक्टर राजन न्यौपाने प्रशिक्षण दिनुभएको थियो । महिलाहरुमा हुने उहाँले तल्लो पेट दुख्ने, […]

आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहर उठ्ने

२० चैत काठमाडौँ – काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको […]

गुल्मीमा डढेलोमा परेर बालिकाको मृत्यु

२० चैत काठमाडौँ – गुल्मीको धुर्कोट गाउँपालिकामा शुक्रबार एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाउँपालिका–७, वाग्लेकी ९ वर्षीया संगीता परियारको घर नजिकैको धारा खोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो । उनी खोलाबाट नुहाएर आउनेक्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप […]

नेपाल आउने जहाजको टिकट काटिसकेका युवाको कोरियामा मृत्यु

१९ चैत्र काठमाडौँ – रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेत, चौकुने(४ बिजौराका गगन रावलको मृत्यु भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत लिएर घर फर्किने तयारीमा रहेका बेला मंगलबार राती मृत्यु भएको हो । दक्षिण कोरियामा रहेका […]

मौषम : काठमाडौँमा आज पनि पानी पर्ने

१९ चैत्र काठमाडौँ – काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा वर्षा भएपछि राहत मिलेको छ । तर, देशका अन्य ठाउँमा पानी नपरेकाले प्रदूषणको अवस्था उस्तै छ । हिजो बेलुकादेखिे​ वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी ठाउँहरुमा पानी परेको छ । मौसमविद् मन्जु बासीका अनुसार गोरखामा २१ दशमलव ६ मिलीमिटर पानी परेको छ । ओखलढुङ्गामा १२ […]