समाचार
ओलीसँग माधवको बदला : ‘मर्ता क्या नै कर्ता’ भनेजस्तो उसैलाई सिध्याइदिएँ
६ वैशाख, काठमाडौँ – एमाले नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कर्णालीमा राजनीतिक भविष्य सिध्याइदिन्छु भन्ने धम्की दिएकाले ‘उसैलाई सिध्याइदिएको’ बताएका छन् । आफू पक्षीय नेता कार्यकर्तालाई आइतबार बनेपामा सम्बोधन गर्दै नेता नेपालले ओलीको शैलीका कारण यस्तो नतिजा आएको बताए । ‘कर्णालीमा म हुँ प्रदेश प्रमुख, मुख्यमन्त्री म बन्दैछु, मैले भनेको आदेश […]
खाने तेलको भाउ १५ दिनमै १५ रूपैयाँले बढ्यो
६ बैशाख, काठमाडौं – बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा व्यापार […]
नयाँ वर्षको अवसरमा सीता राईको ‘जुनेली देख्दा’ रिलिज (भिडियो)
३ बैशाख, काठमाडौँ – नयाँ वर्षको अवसरमा गायिका सीता राईको नयाँ गीत ‘जुनेली देख्दा’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंको चावहिलस्थित सत्कार क्याफे एण्ड बारमा आयोजित एक कार्यक्रममा गायिका राईको ‘जुनेली देख्दा’ सार्वजनिक गरिएको हो । सार्वजनिक ‘जुनेली देख्दा’मा टीका चाम्लिङको शब्द, जसिहाङ राईको संगीत तथा कम्पोज रहेको छ, भने गीतलाई साहस शाक्यले एरेञ्ज गरेका […]
कर्णालीमा माओवादी सरकार जोगियो मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
३ बैशाख, काठमाडौँ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै पुनः मुख्यमन्त्री भएका छन् । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले २२ मत पक्षमा पाएको घोषणा गरेसँगै महेन्द्र शाही पुनः मुख्यमन्त्री बनेका हुन् । संसदमा ३९ मध्ये ३७ जना उपस्थित रहेका थिए ।
काठमाडौँमा भीषण वर्षा !
सिंहराज योन्जन ३ बैशाख, काठमाडौँ – शुक्रबार काठमाडौं उपत्यकामा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय वायुको प्रभावले पानी परेको जनाएको छ । उपत्यकासहित भोजपुर, ओखलढुङ्गा, धनकुटालगायत क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि पनि देशका पहाडी क्षेत्रको मौसम यस्तै रहने मौसमविद्को अनुमान […]
रामेछापको दोरम्बामा अनलाइन बाट घटना दर्ता कार्य सुरु
३ बैशाख, काठमाडौँ – रामेछापको दोरम्बा गाउँपालिकामा घटना दर्ताको काम अनलाइनबाट सुरु गरिएको छ । बिहिबार दोरम्बा गाउँपालिकाले एक कार्यक्रमकाबिच अनलाइन मार्फत दोरम्बा गाउपालिकाका अध्यक्ष कमानसिं मोक्तानले पालिकाको २ नं वडा कार्यालयमा उत्घाटन गरिएको हो । दोरम्बामा सुचना प्रबिधिमैत्री बनाउने उद्धेश्य अनुरुप अनलाइन प्रबिधिको प्रयोग गरिएको दोरम्बा गाउपालिकाका सुचना अधिकृत उज्ज्वल पाठकले जानकारी दिनुभयो । […]
सूर्यविनायकको गाई फार्ममा २० वर्षीय युवकको हत्या
२ वैशाख, भक्तपुर – भक्तपुरको सूर्यविनायकामा रहेको एउटा गाई फार्ममा एक युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित गाई फार्ममा धारिलो हतियार प्रहार गरी सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो । सिपाडोलमा कविराज बस्नेतको जग्गामा टहरा बनाइ गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फार्म राईको हत्या भएको […]
काठमाडौँमा ठूलो हुरीबतास चल्यो
२ वैशाख, काठमाडौँ – राजधानीमा बिहीबार राति ठूलो हुरीबतास चलेको छ भने अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध बनेको छ । राति ९ करिब बजेदेखि हावाहुरी चल्न थालेको हो भने जसका कारण जनवजीवन प्रभावित भएको छ । सडकमा यात्रामा भएका तथा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै […]
टिपर दुर्घटनामा परी रसुवामा २ जनाको मृत्यु
२ वैशाख,काठमाडौ । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–१ ग्राङका २७ वर्षीय राजेन्द्र तामाङ र सवारी चालक २५ वर्षीय सागर तामाङ रहेका छन् । राजेन्द्र स्थानीय ग्राङ प्राविका शिक्षक थिए । ग्राङबाट कालिकास्थानतर्फ गइरहेको बागमती प्रदेश ०६–००६ ख १६८८ नम्बरको खाली टिपर बुधबार राति […]
जनसवाल मिडियाको नयाँ टेलिभिजन कार्यक्रम आउदै
सिंहराज योञ्जन १ वैशाख, काठमाडौँ । जनसवाल मिडिया प्रालिले जनतासँग जनप्रतिनिधि नामक टेलिभिजन कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको प्रोमो सार्वजनिक गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पूर्व–गृहराज्यमन्त्री तथा रामेछाप जिल्लाबाट प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठले अहिलेको परिवेशमा यस्तो कार्यक्रमको खाँचो रहेको र अब पुरा हुने बताउनुभयो । […]



