Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

सार्वजनिक यातायातमा नयाँ नियम, मास्कबिना प्रवेश निषेध

७ बैशाख, काठमाडौँ – काठमाडौंमा सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलवार बसेको बैठकले मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो। मंगलवार यातायात व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रीपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। संक्रमण बढ्दै […]

अप्ठ्यारोमा नेपाल : न यता न उता

७ बैशाख, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन […]

आज चैते दसैँ मनाइँदै

७ बैशाख, काठमाडौँ –  चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने प्रचलन छ । यो दिन अशोकको फूल खानाले रोगव्याधि र शोक नाश हुन्छ भन्ने जनविश्वास छ । गुठी संस्थानका प्रवक्ता […]

तामाकोसी–५ निर्माणको तयारी

७ बैशाख काठमाडौँ – माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर […]

उच्च सतर्कता अपनाउन राष्ट्र बैंकको निर्देशन

७ बैशाख, काठमाडौँ – कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो । नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी […]

लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए

६ वैशाख, काठमाडौं – लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् । […]

मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने

६ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने जनाइएको छ । शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । सो […]

आजको मौसम : केही स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

६ वैशाख, काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका केही स्थानमा वर्षा हुन भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो अस्तिजस्तो आज ठूलो पानी नपर्ने महाशाखाले जनाएको […]

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

६ वैशाख, काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । आज पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो । दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धि निर्णय हुने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले […]

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, नेपाल पक्षले बहिष्कार गर्ने

६ वैशाख, काठमाडौं – प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । बैठक सोमबार दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए । एमालेका अनुसारसो बैठकमा […]