Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

वरिष्ठ हवल्दारविरुद्ध काठमाडौंमा भ्रष्टाचारको मुद्दा

९ फागुन काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको दाबी गर्दै अख्तियारले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी […]

 नेपाल भित्रियो १० लाख डोज खोप 

९ फागुन काठमाण्डौं – भारतसँग खरीद गरिएको कोरोना भाइरसविरुद्धको २० लाख डोजमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको छ।  भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप त्रिभुवन विमानस्थलबाट भण्डारणका लागि सिधै टेकुस्थित कोल्डरुममा लगिएको छ। ५ फागुनमा सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप किन्ने सहमति भएकोमा आइतबार एयर इन्डियाको दिल्ली–काठमाडौंको दिउँसोको उडानमार्फत १० लाख डोज […]

निफ्राका लगानीकर्ता मालामाल, नेप्से ३ अंकले उकालो लाग्यो

९ फागुन काठमाडौं – नेपाल स्टक एक्सचेन्ज ९ नेप्से आज ३.६६ अङ्क अर्थात् ०.१४ प्रतिशत बढेर २६४०.३५ अङ्कमा पुगेको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६७३.८२९६ र कममा २६१९.३८३१ पुगेको थियो। आज २३८९९०४७ कित्ता सेयर ८६५७५१३२६२.७५ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २०६ कम्पनीको सेयर किनबेच भएको हो। आज सबैभन्दा धेरै […]

१७ मिनेटमा दिइन् एकैपटक ११ बच्चालाई जन्म

९ फागुन एजेन्सी – मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छन् । इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । अहिले सम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहा सम्म बच्चा जन्माएको त सुन्नु भएको छ होला तर एकैसाथ उनले […]

आज भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

९ फागुन काठमाडौँ – कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ स् ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम […]

कुखुराबाट मानिसमा सर्‍यो बर्डफ्लु !

९ फागुन एजेन्सी – कुखुराबाट मानिसमा बर्डफ्लु सरेको घट्ना सार्वजनिक भएको छ । रुसमा कुखुराबाट मानिसमा बर्डफ्लु सरेको बीबीसीले उल्लेख गरेको छ । गत डिसेम्बरमा रुसस्थित एक कुखुरा पोल्ट्री फार्ममा काम गर्ने ७ कामदारमा बर्डफ्लु पुष्टि भएको समाचारमा उल्लेख छ । त्यहाँ उपभोक्ताको स्वास्थ्य हितमा काम गर्ने अन्न पोपोभाले ती सातै जना अहिले निको हुने […]

विश्व हिन्दू परिषदद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न

९ फागुन काठमाडौँ – विश्व हिन्दू परिषद नेपाल धनुषा जिल्ला कार्य समितिद्वारा जनगणना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम फाल्गुन ८ गते जनकपुरधाम स्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा आयोजना गरिएको थियो । नेपाल सरकारको केन्द्रिय तथ्याङ्क विभागले प्रत्येक दश वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौँ शृंखला यही वि।स। २०७८ जेष्ठ २२ देखि असार ८ […]

आठ सय रुपैयाँ महँगियो सुनको भाउ

९ फागुन काठमाडौं – गत साता लगातार ओरालो लागिरहेको सुनको भाउ आइतबार महँगिएको छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ८८ हजार दुई सय रुपैयाँ कायम भएको थियो । चाँदी तोलामा २५ रुपैयाँले […]

श्रीमानले गरे दोस्री श्रीमतीको हत्या, पहिलो श्रीमतीले आत्महत्या गरेकी थिइन्

८ फागुन दोलखा – दोलखाको कालिन्चोक गाउँपालिका(६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिबार बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर ‍२१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो । […]