Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, आधुनिक दासत्व बढ्दै

१७ मंसिर काठमाडौँ – आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ। नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ। हरेक वर्षको डिसेम्बर २ का […]

नेपाली श्रमिक पुनः ओमान जान पाउने

१६ मंसिर ओमान – नेपाली श्रमिक पुनः ओमान जान पाउने भएका छ । ओमानले नयाँ श्रमिक लिने र श्रमिकको मागपत्र ओमानस्थित नेपाली दूतावासले प्रमाणीकरण गर्ने बताइएको छ । दूतावासले एक सूचना जारी गर्दै पुनस् प्रमाणीकरण थालिएको जानकारी दिएको हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीका अनुसार योग्य कम्पनीहरूबाट नेपाली श्रमिक माग भएर आएको मागपत्र […]

बजार क्षेत्रमा सीसी क्यामेरा जडान गर्दै दोरम्बा गाउँपालिका

१५ मंसिर रामेछाप – रामेछापको दोरम्बा गाउँपालिकाका बजार क्षेत्रमा सीसी क्यामेरा जडान हुने भएको छ । गाँउपालिका अध्यक्ष कमानसिंङ मोक्तानले पालिका भित्रका सबै बजार क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने बताउनुभएको छ । कुनैपनि गतिविधिको निस्पक्ष छानविनका लागि महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै आफ्नो पालिकाका सबै बजार क्षेत्रमा सीसीक्यामेरा जडान गर्न लागिएको जानकारी दिनुभयो । पालीका अध्यक्ष […]

नक्कली नोट बनाएको आरोपमा तीन पक्राउ

१५ मंसिर महेन्द्रनगर – नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा […]

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

१५ मंसिर काठमाडौँ– गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार […]

मुलुकमा १४ सय ७४ संक्रमित थपिए

१५ मंसिर काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ७४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिए

१५ मंसिर  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ६१ महिला र पुरुष ४ सय ४८ रहेका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिएका हुन् ।   योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]

प्रधानमन्त्री ओली पनि टिकटकमा, कस्ले चलाउछ टिकटक एकाउन्ट !

१५ मंसिर काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ । उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताउनुभयो । ‘टिकटकमा पनि एकाउन्ट खोल्ने […]

सुनको भाउ तोलामा ७ सय रुपैँयाले घट्यो

१५ मंसिर काठमाडौँ – सोमबार सुन चाँदीको भाउमा गिरावट आएको छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ७ सय रुपैयाँले नै घटेर ८९ हजार ५ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको […]

वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै आएका डाक्टर नक्कली

१५ मंसिर काठमाडौँ – चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ । विभागको विराटनगर टोलीले गरेको अनुगमनका […]