समाचार
असोज १ देखि आन्तरिक हवाई उडान र होटल पनि खुल्ने
३० भाद्र काठमाडौं – सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।
मन्त्रीसरह सुविधा दिने गरी सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त
३० भाद्र काठमाडौं – निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो । राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।
लामो दुरीको यातायात असोज १ देखि खुल्ने, ५० प्रतिशत भाडा बढाइयो
३० भाद्र काठमाडौं – सरकारले लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको […]
काठमाडौं उपत्यकामा एकै दिन थपिए ६ सय ७६ संक्रमित
३० भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ५५ संक्रमित थपिएका छन् भने ललितपुरमा ३५ संक्रमित थपिएका छन् […]
एकैदिन १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि
३० भाद्र काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
बिदा हुँदै कुलमानले भने, ‘आफ्नो जिम्मेवारी हामीले सफलतापूर्वक निर्वाह गरेका छौं’
३० भाद्र काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरुले विदाई गरेका छन् । कर्मचारीहरुले मंगलबार ९आज० एक कार्यक्रमकाबीच घिसिङलाई विदाई गरेका हुन् । घिसिङको गत आइतबार मात्रै चार वर्षे कार्यकाल सकिएको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गरेको कारण सफलता पाएको बताउनुभयो […]
सीआईबीमा कार्यरत २६ प्रहरी अधिकारीमा कोरोना संक्रमण
३० भाद्र काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का २६ जना अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनालाई संक्रमण देखिएको हो । ब्युरोका एक अधिकृतका अनुसार ठूलो संख्यामा अनुसन्धान अधिकारीहरुलाई संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको […]
पाकिस्तानका प्रधानमन्त्री भन्छन्, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’
३० भाद्र काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताउनुभएको छ । उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उहाँले सो […]
स्वास्थ्य सामाग्री खरिदमा घोटाला ओम्नी सरकारको कालोसूचीमा
२९ भाद्र काठमाडौं – कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ । स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार सार्वजनिक सूचना जारी गर्दै एक वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो । विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने […]
डा. केसीको १९ औँ अनसुन जुम्लामा सुरु
२९ भाद्र काठमाडौँ चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका हुन् । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाही तन्त्रविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए […]



