समाचार
आज गुरुपुर्णिमा, गुरुको सम्मान गरी मनाइँदै
काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा ज्ञान दिने गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ । जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ – मनुस्मृतिमा […]
आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण : यस्ता व्यक्तिले हेर्न मिल्ने
काठमाडौं – मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १ः४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ। यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ । खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, […]
भोजपुरमा विप्लव समूह-प्रहरीबीच भिडन्त, २ जनाको ज्यान गयो
काठमाडौँ – भोजपुरमा विप्लव समूह र प्रहरीबीच भिडन्त भएको छज्यान जानेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको ज्यान गएको हो । मुसलधारे पानी परेकाले घटनास्थलमा […]
ओखलढुङ्गा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : घाइते चार जनालाई काठमाडौं पठाइयो
ओखलढुङ्गा – ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । झापाको […]
१५ गतेदेखि हराइरहेका भूपू–सैनिक तामाङ अझै सम्पर्कमा आएनन्, भेटाउनेले ९८४३७२७५८४ सम्पर्क गराैँ । सहयोगका लागि सक्दो सेयर गरौँ ।
सवाल सम्वाददाता काठमाडौँ-धादिङ जिल्ला खानियाबास गाँउपालिका ७ घर भई हाल काठमाडौँको काभ्रेस्थलीमा बस्दै आउनु भएका दिल बहादुर तामाङ गत असार १५ गते दखि सम्पर्कविहिन हुनुहुन्छ । भूतपूर्व सैनिक समेत रहेका तामाङ असार १५ गते करिब ६ बजे नयाँबसपार्क, माछापोखरी पुगेर आउँछु भनेर घरबाट निस्किएको तर घर नफर्किएको परिवार स्रोतले जनाएको छ । कहि कतै कसैले […]
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : चीनलाई १० विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
एजेन्सी – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले चीनविरुद्ध सहज जीत हासिल गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई दस विकेटले पराजित गरेको हो । चीनले प्रस्तुत गरेको ५३ रनको लक्ष्य नेपालले ५ ओभरमा पुरा गरेको थियो । नेपालका लागि पवन सराफले २१ बलमा नट आउट ४६ रन […]
अछाममा बस दुर्घटना, १५ जना घाइते
अछाम । अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रेहरी कार्यालय अछामले जनाएको छ । बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो। दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार […]
एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र चीनबीच खेल हुँदै, टस जितेर नेपाल फिल्डिङ गर्दै
एजेन्सी – मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । चीनले पहिले ब्याटिङ गर्नेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । आजको खेलमा चीनलाई पराजित गर्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । उपाधि दावेदार […]
सिनामंगलमा दुई माइक्रोबस ठोक्किँदा १६ जना घाइते
काठमाडौं – काठमाडौँको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी वृत गौशालाले जनाएको छ । मंगलबार बिहान करिब ५ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोमा विपिरित दिशाबाट आउँदै गरेको बा १ झ ९७७६ नम्बरको अर्को माइक्रो ठक्कर खाँदा दुर्घटना […]
प्रधानमन्त्री ओलीले भने- प्रचणडलाई विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरें
काठमाडौँ – प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । उहाँ (पुष्पकमल दाहाल) ले […]



