समाचार
धुर्मुस सुन्तलीले बनाउने अन्तर्राट्रिय क्रिकेट रंगशाला यस्तो बन्नेछ, (डिजाइन फोटो फिचर)
सवाल सम्वाददाता काठमाडौँ-धुर्मुस सुन्तली फाउन्डेसनले बुधबार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । चितवनको भरतपुर महानगरपालिकाले दिएको जग्गामा रंगशाला निर्माण हुन लागेको हो । उक्त रंगशालाको ग्राफिक डिजाइन पनि सार्वजनिक भएको छ । नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले […]
पारसलाई सीसीयूमा सारियो, अवस्था अझै खतरापूर्ण
सवाल सम्बाददाता काठमाडौं–सोमबार तेस्रो पटक हृदयघात भएका पूर्व यूवराज पारस शाह अझै खतरामुक्त भइ नसकेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालमा भर्ना भएका पूर्व यूवराज शाहको छातीमा असह्य पीडाको महसुस भएपश्चात् सोमबार अपरान्ह ४ बजेर १५ मिनेटमा नर्भिकको आकस्मिक कक्षमा लगिएको थियो । केही आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा […]
राष्ट्रिय महिला मानव अधिकार रक्षकको साधारण सभा १० बुदे घोषणा पत्र जारी गर्दै समापन
सवाल सम्वाददाता काठमाण्डौ-महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय भेला तथा साधारण सभामा गण्डकी प्रदेशको प्राय सबै जिल्ला बाट सहभागिता भयको छ । देश भरीका महिला मानक अधिकार रक्षक सहभागी रहेको भेला बाट १० बुदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । महिला अधिकार, लोकतन्त्र र समानताको अधिकार सबै नागरीकले प्राप्त गर्न सक्ने वातावरण बनाउन घोषणा […]
धौलागिरी बहुमुखी क्याम्पसमा नेबिसंघको कार्यक्रम
सीताराम थापा बागलुङ्ग-त्रिभुवन विश्वविद्यालय धौलागरी बहुमुखी क्याम्पसको नेपाल बिधार्थि संघ ईकाई कमिटीको आयोजनामा क्याम्पसका सम्पुर्ण विद्यार्थिहरुलार्य रचनात्मक कार्यमा सक्रिय बनाउन विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर संकाय छात्रा भलिबल प्रतियोगिता बाट सुरु भएको छ । सोमबार बाट सुरु भएको विषेश कार्यक्रमा छात्र तथा छात्रा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, लैङगिक हिंसा बक्तित्वकला प्रतियोगिता, दौड […]
बारामा प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना हुदा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु
सवाल सम्वाददाता काठमाडौँ-शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गनेश प्रसाद भट्टराई गम्भीर घाइते भएका छन् भने चालक सहीत तीन प्रहरी गम्भीर घाइते भएका छन् । सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो । गाडी रोकिराखेको ट्याक्टरको ट्रेलीमा […]
नेपाल ट्रेड युनियन कांग्रेस नेपाल गृह श्रमिक संघको प्रशिक्षण सम्पन्न
सीताराम थापा बागलुङ्ग-नेपाली कांग्रेस पार्टिको भातृ संगठन, नेपाल ट्रेड युनियन काँग्रेस नेपाल गृह श्रमिक संघ बागलुङको ट्रेड युनियन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कंग्रेस र ट्रेड युनियन अन्तर्गत महिला नेतृत्वमा जागरण अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले […]
डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलित, आकस्मिक बाहकका सबै सेवा ठप्प
सवाल सम्वाददाता काठमाडौँ-अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन् । आमरण अनशनको १७ दिन बितिसक्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले सेवा ठप्प पारेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान प्रतिष्ठान वीरअस्पताल […]
कालीगण्डकिको सुख्खा पहिरो हटाईयो, दिर्घकालिन समाधान आवश्यक
सिताराम थापा बागलुङ- मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । हिजो बिहान गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिरो पानीको ताल जमेको थियो । बिहिबार करिब १० बजेर ३० मिनेटमा पानीको सतह केही बढेपछि पाहिरोलाई नाँघेर पानी बग्न थालेको थियो । गएको वर्षायाममा […]
हिमपातका कारण बागलुङमा विद्यालय बन्द
सीताराम थापा बागलुङ बागलुङका उच्च हिमाली तथा पहाडी भागमा भारी हिमपात भएको छ । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा मंगलबार र बुधबार हिपत भाएको हो । हिमपातका कारण बागलुङको ढोरपाटन नगरपालिकाका सर्वसाधारणको जनजिवन प्रभावीत भएको छ । त्यस्चै बागलुङका जैमिनि नगरपालिकाको गाजाको धुरी, गल्कोट नगरपालिकाको घुम्टेको लेक, ताराखोला गाउँपालिको डुँडेको लेक, निसिखोलाको सोले […]
हराएका १८ थान मोबाइल फिर्ता
काठमाडौँ-हराएका १८ थान मोबाइल प्रहरीले फिर्ता गरेको छ । मकवानपुर प्रहरीले १८ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो । प्रहरी निरीक्षक मधु अधिकारी नेतृत्वमा मोबाइल खोजी गर्न प्रहरीे टोली परिचालन गरिएको थियो । करिब तीन लाख साठ्ठी हजार रुपैयाँ बराबरका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीले […]



