Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बारामा खेलाडी छनोट सुरु

काठमाडौँ – अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बारामा खेलाडी छनोटको काम सुरु भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जिल्लाबाट छनोट भएका खेलाडीहरु विच पहिलो चरणमा भदौ १० देखि १२ गतेसम्म जनकपुरमा आयोजना हुने प्रदेश स्तरिय प्रतियोगिता छनोट हुनुपर्नेछ […]

चेल्सी लिड्ससँग ३–० ले पराजित, ब्राइटनले वेस्ट ह्यामलाई हरायो

काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी लिड्स युनाइटेडसँग फराकिलो अन्तरले पराजित भएको छ । इल्यान्ड रोड स्टेडियममा भर्खरै सकिएको खेलमा चेल्सी लिड्ससँग तीन–शून्यले पराजित भएको हो । लिड्सको जितमा ब्रेन्डेन आरोनसनले खेलको ३३ औँ मिनेटमा, रोड्रिगो मोरेनोले ३७ औँ र ज्याक ह्यारिसनले ६९ औँ मिनेटमा गोल गरे । यो हारसँगै चेल्सी अङ्क तालिकाको […]

इङ्ग्लिस प्रिमियर लिग : लगातार तेस्रो जितसहित आर्सनल शीर्ष स्थानमा

काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको छ । आर्सनलका कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । उनले खेलको […]

विश्वकप फुटबलको खेल तालिका परिवर्तन, नेपालमा आम निर्वाचनकै दिन उद्घाटन

एजेन्सी – विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ । कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ । निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही […]

जर्मनीलाई हराउँदै महिला युरोकप-२०२२ को उपाधि इङ्ल्यान्डलाई

१६ साउन, काठमाडौँ – जर्मनीलाई हराउँदै इङ्ल्यान्डले महिला युरोकप-२०२२ को उपाधि जितेको छ । वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो । खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटको समय […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

३ साउन, काठमाडौँ- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा गएको थियो । त्यहाँ अभ्यास खेल खेलेर स्कटल्यान्ड पुगेको थियो । स्कटल्यान्डमा […]

सावित्रा भण्डारीले पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्धित

२ साउन, काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रीलाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो । गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी सावित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्ने छिन । […]

आईसीसी पुरुष विश्वकप लिग टू : स्कटल्याण्डको सामना गर्दै नेपाल

१ साउन, काठमाडौं – आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आइतबार अन्तिम खेल खेल्दैछ । सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध […]

दोस्रो एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई १ सय रनले हरायो

३१ असार, काठमाडौँ – भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो । भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९-२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए […]

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

३० असार,काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक अर्धशतकीय पारी […]