पत्रपत्रिका
एक्कासि प्रदूषणले ढाक्यो, शुक्रवार नै ४ सय ३७ ठाउँमा डढेलो
१४ चैत काठमाडौँ – वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो । शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । […]
सार्क देशहरूमा बढ्दै कोरोना, जटिल हुने चिन्ता !
१४ चैत काठमाडौँ – केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या दुई जना मात्र थियो । ती पनि निको भएर जाने तरखरमा थिए । अब अस्पतालमा बिरामी सकिए भनेर अस्पताल प्रशासनले सरसफाइको तयारी थाल्यो । तर यो हप्ता सुरु हुनासाथ अर्को दुईजना बिरामी थपिए । फेरि अर्को दुई जना […]
पार्टी एकता कायम राख्न सबैले कोशिस गरौं : भट्टराई
१३ चैत काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले कोशिस गर्नुपर्ने बताउनु भएको छ । बिहीबार साँझ नेता भट्टराईले थोरै लचकता अपनाए पार्टी एकता जोगाउन सकिने धारणा सार्वजनिक गर्नु भएको हो । ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ।’भट्टराईले ट्वीटरमा लेख्नु भएको […]
सडकबाट अदालतलाई गृहमन्त्रीको चुनौती
१३ चैत काठमाडोँ – गृहमन्त्री रामबहादुर थापा बिहीबार अपराह्न सुरक्षा दलबलसहित माइतीघर पुग्दा थारू कल्याणकारिणी सभाको धर्ना चलिरहेको थियो। धर्नामा बसेकाहरू सुरक्षा घेराभित्र थिए । गृहमन्त्री थापा गाडी रोके र धर्नाकारीकै सामुन्ने पलेँटी कसेर बसे । व्यक्ति हत्या आरोपमा सजाय भुक्तानरत निलम्बित सांसद रशमलाल चौधरीलगायतमाथि लागेका मुद्दा खारेज, थरूहट आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा, मधेसी […]
बागमती प्रदेशमा आइतबार यता संक्रमित बढ्दै
१३ चैत काठमाडौँ – बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ । आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा मङ्गलबार बढेर १०३ जनामा कोरोना सङ्क्रमण भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता […]
नयाँ भेरिएन्ट आए अवस्था जटिल हुन सक्ने
१३ चैत काठमाडौँ – कोरोना संक्रमण दर केही वृद्घि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दुरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ । ‘संक्रमितमा ३–४ महिनापछि एन्टिबडी घट्दै गएको पाइयो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग […]
मेलम्ची पानी : काठमाडौंका धारामा आइतबारबाट जाने
१३ चैत काठमाडौँ – बहुप्रतीक्षित मेलम्ची खानेपानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ । आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले […]
ओली–नेपाल सम्बन्ध टुट्ने अवस्थामा, जवाफीपत्रले बल्झायो समस्या
१३ चैत काठमाडौँ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ । एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै उनीहरूलाई तीनदिने स्पष्टीकरण […]
कोरोनाको त्रासले स्वदेश फर्किने नेपालीको लर्को
१३ चैत काठमाडौँ – गुजाराका लागि भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन । भारतबाट फर्किने नेपालीको अहिले गौरीफन्टा नाकामा लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच यताबाट भारत जानेको भीडभाड थियो । […]
जसपामा खटपट : संसदीय दलको नेता चुन्न सकस
१३ चैत काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले संसदीय दलको नेता बन्ने आकांक्षा राखेपछि नेता चयन हुन सकेको छैन । तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जना पार्टीबीच एकीकरण भएर बनेको जसपाले एक वर्ष हुन लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन । […]



