राजनीति
रेशम चौधरीको रिहाइलगायतका माग टुङ्ग्याउन गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन
१५ चैत्र काठमाडौँ – सरकारले थारु कल्याणकारी सभा, थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको हो । सङ्घर्ष समितिले उठाएका १९ बुँदे मागको विषयमा सोमवारैदेखि […]
डोरमणि पौडेलले बोलाए संसदीय दलको बैठक
१५ चैत्र हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन् । प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले आगामी बुधबारको लागि दलको बैठक बोलाएका हुन् । बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन पौडेलले निर्देशन दिने बताइएको छ । एमालेकै सांसद अष्टलक्ष्मी शाक्यलगायतले अविश्वासको […]
म्यानमारमा भइरहेको सैन्य दमनविरुद्ध उभिन सरकार र अरु दललाई कांग्रेसको आह्वान
१३ चैत्र काठमाडौँ – नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले नागरिकमाथि अत्यन्तै अमानवीय नरसंहार गरिरहेको बताउँदै सो निन्दनीय गतिबिधिविरुद्ध उभिन आग्रह गरेको छ। कांग्रेसले अन्य दलहरु र सरकारलाई समेत दमनविरुद्ध लोकतन्त्र र म्यानमारका जनताका पक्षमा प्रष्टरुपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गर्न र अभियानका पक्षमा ऐक्यवद्ध हुन अपिल गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म्यानमारका जनता […]
मुख्यमन्त्री राई बलियो भएपछि बोलाइयो प्रदेशसभा बैठक
१५ चैत्र काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा आफू बलियो भएपछि बैठक बोलाएका छन्। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि एमाले र माओवादी ब्युँतिदा माधवकुमार नेपालपक्षले समेत सहयोग गर्ने भएका कारण मुख्यमन्त्री राईले बैठक बोलाएका हुन्। प्रदेशसभा बैठक चैत २३ गते दिउँसो १ बजेका लागि बोलाएको सूचना टाँस गरिएको छ। यसअघि मुख्यमन्त्री […]
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
१५ चैत काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । छलफलका लागि आईतबार प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोट वालुवाटार पुग्नु भएको थियो । उहाँहरुबीच दुई घण्टा भन्दा बढी छलफल भएको बालुवाटार स्रोतले बताएको छ । आईतबारको भेटवार्तामा सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच संसदमा विचाराधीन विधेयक अघि बढाउने र […]
माधवकुमार नेपाल गुटमा असन्तुष्टि बढ्दै
१५ चैत काठमाडौँ – कार्यकर्तामा अन्योल बढेका बेला शनिबार कमलादीको प्रज्ञा भवनमा आयोजित नागरिक संवाद कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदियो । अहिले अफ्ठेरो भइरहेको छ ।’ नेकपामा रहँदा ओलीविरुद्ध सडक संघर्ष गरिरहदा नेपालले यस्तो समय आउँछ भनेर सोचेका पनि थिएनन् । फागुन ११ गते सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको […]
अर्को सय वर्ष पनि संघर्ष गर्नपर्ने हुनसक्छ : सभामुख
१४ चैत काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थपिएको बताए । तर पनि संसद्ले गति लिन थालेको भन्दै उनले अब जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास दिए । गएको […]
श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने, ९ बजे नर्भिकबाट शव यात्रा
१४ चैत काठमाडौं – नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ। जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राखिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। विहान ९ बजे अस्पतालबाट पार्थिव शरीरलाई याट्खास्थित निवासतर्फ लगिने छ। र, त्यहाँबाट शव पार्टी कार्यालय लगिने बताइएको छ। मष्तिष्कघातबाट ग्रसित […]
कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु स् मन्त्री राई
१४ चैत काठमाडौँ – प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा […]
एमाले संसदीय दलको बैठक सम्पन्न, गुटगत रुपमा आए कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
१३ चैत्र काठमाडौं – नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गुट बनाएर आउने नेता तथा सांसदहरुलाई अब कुनै ठाउँ नदिने चेतावनी दिएका छन् । बैठक सम्पन्न भएलगत्तै मिडियाकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले अब गुट बनाएर आउनेलाई पार्टीमा […]



