राजनीति
माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता
२६ फागुन काठमाडौं – नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नु भएको छ ।
विप्लवको फेरिएको जीवन शैली : इन्सपेक्टरको कमाण्डमा कडा सुरक्षा
२६ फागुन काठमाडौँ – सरकारद्वारा प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टी फुकुवा भएसँगै उहाँ अहिले विभिन्न जिल्लामा दौडधुपमा व्यस्त छन् । उहाँलाई पहिलेजस्तो सरकारले पक्राउ गरेर जेल चलान गर्छ भन्ने कुनै त्रास छैन । उहाँको दैनिक जीवन शैली नयाँ रुपले मोडिएको देखिन्छ । उहाँको अघिपछि सरकारी सुरक्षार्थी तैनाथ खटिएका छन् । हतियार नबुझाइ […]
यही सरकारलाई टिकाइन्छ वरिष्ठ नेता खनाल
२६ फागुन काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको […]
माग पूरा भएमा सरकारमा जान सकिन्छ: महतो
२६ फागुन काठमाडौँ – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा उहाँले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाउको छ […]
गृहमन्त्री बादललाई एमालेको उपाध्यक्ष बनाइँदै
२६ फागुन काठमाडौँ – तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाइने भएको जनाइएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो । सर्वोच्च अदालतले एमाले र माओवादी पूर्ववत् रुपमै रहेको […]
शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक
२६ फागुन काठमाडौँ – प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । बुधबार दिउँसो बसेको बैठकमा दिवंगत भएका वर्तमान तथा पूर्व सांसदहरुलाई श्रद्धान्जली दिदै शोक प्रस्ताव पारित गरेर सकिएको हो । बैठकले सानु सिवा, सुर्यबहादुर केसी, दीपकबहादुर गुरुङ, राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, इन्द्रहाङ लिम्बु, भीमप्रसाद गौतम, कमानसिंह लामा, गंगादत्त जोशी, ओमकार प्रसाद गौचन, […]
प्रधानमन्त्री ओली संसद् बैठकअगावै बाहिरिए
२६ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिनुभएको छ । २३ फागुनमा पनि संसद्मा पुग्नेवित्तिकै बाहिरिनुभएका ओली बुधबार पनि प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा बाहिरिनुभएको हो । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै हिँड्नुभएको जनाइएको छ । […]
सत्तापक्षकै लहरमा बस्नेछन् माओवादी केन्द्रका सांसद
२६ फागुन काठमाडौं – सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसदहरूले सत्ता पक्षकै लहरमा बस्नुपर्ने भएको छ । एमालेका सांसद पनि पार्टी पुनर्जीवित भएकाले सत्ता पक्षकै लहरमा बस्दैछन् । माओवादी केन्द्रका सांसद भने सत्ता पक्षका लागि छुट्याइएको दायाँतर्फको लहरमा बस्ने छन् । एमाले सांसद कृष्णभक्त पोखरेलले संसदीय दलको निर्देशन पालना […]
‘ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’ सहज छैन तर सङ्घर्षमा नथाकौँ : नेपाल
‘ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’ सहज छैन तर सङ्घर्षमा नथाकौँ : नेपाल २६ फागुन काठमाडौँ – सर्वोच्च अदालतले एमाले र माओवादीलाई आफ्नो आफ्नो स्थानमा फर्काएपछि पहिलो पटक माधवकुमार नेपाल समूहको छुट्टै भेला भएको छ । मङ्गलवार साँझ बानेश्वरमा भएको भेलामा माधव नेपाल लगायत भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले अहिले परिस्थिति निकै जटिल रहेको […]
देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड
२५ फागुन काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । सत्ता साझेदारबारे कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेलगत्तै प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेको अनुमान गरिएको […]



