राजनीति
सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्ग नेतृत्व लाग्दा समस्या : जनार्दन शर्मा
२५ फागुन काठमाडौँ – माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्य बढ्दै जाँदा वर्तमान समस्या आएको बताउनु भएको छ । सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई अलग–अलग बनाइदिएपछि प्रतिक्रिया जनाउँदै नेता शर्मा लेख्नु हुन्छ,‘सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नु बाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो।’परिवर्तनको मर्म अनुरुप राज्यका […]
नाम र चुनाव चिह्न परिवर्तनका लागि एमाले–माओवादीलाई आयोगको पत्राचार
२५ फागुन काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रलाई आ–आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि निर्वाचन आयोगले पत्राचार गर्ने तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको आधिकारीकता ऋषि कट्टेललाई दिने फैसला गर्दै आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच दुई वर्षअघि भएको एकता प्रक्रिया खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएका […]
सत्तारूढ नेकपा भंग भएपछि आज मन्त्रिपरिषद् बैठक बस्दै
२५ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार (आज) अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । सर्वोच्च अदालतले नेकपाको एकीकरण अमान्य हुने फैसला गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । सत्तारुढ दल नेकपा दल नै नरहेपछि पूर्ववत् रुपमा साविकको नेकपा एमालेको अध्यक्ष एवं सोही दलबाट प्रधानमन्त्री रहेको नाताले […]
जसपा नेपालको संसदीय दलको बैठक बस्दै
२५ फागुन काठमाडौं – जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने जसपाको एक नेताले जानकारी दिनु भयो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने उहाँको भनाइ रहेको छ । सर्वोच्च अदालतको पछिल्लो फैसला र […]
आज धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड राखिने
२५ फागुन काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी […]
नेकपाबाट निर्वाचितको हैसियत अब स्वतन्त्र हुने
२५ फागुन काठमाडौं – गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल माथि […]
माधव पक्षका नेताहरूको सुझाव-‘सकेसम्म एकता, नभए अलग’
२४ फागुन काठमाडौँ – दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा एमालेका नेताहरुले सकेसम्म पार्टी एकता जीवित राख्नुपर्ने सुझाव दिनु भएको छ । सोमवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिनु भएको हो । पूर्वएमालेका अधिकांश नेताहरुले सकेसम्म एकता गर्नुपर्नेमा जोड दिनु भएको छ । […]
प्रधानमन्त्री ओली बालुवाटारमा आन्तरिक छलफलमा
२४ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुट्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली समूहका नेताहरु छलफल जुटेको स्रोतको दाबी छ । छलफलमा प्रधानमन्त्री ओलीसहित विष्णु पौडेल, ईश्वर पोखरेल सहभागी हुनुहुन्छ । पुष्पकमल दाहाल र माधव कुमार नेपाल भने पेरिसडाँडामा छलफलमा हुनुहुन्छ ।
प्रचण्ड-नेपाल समूहको बैठकबाट अचानक बाहिरिए घनश्याम भुसाल
२४ फागुन काठमाडौँ – प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकको बीचमै स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् । ४ बजे बसेको बैठकबाट के कारणले भुसाल पेरिसडाँडाबाट बाहिरिएको भन्ने कारण भने प्राप्त भएको छैन । भुसालले बाहिरिँदै गर्दा प्रतिक्रिया दिने भने इन्कार गर्नु भएको छ । आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको […]
प्रचण्ड–नेपाल समूहको बैठक पेरिसडाँडामा बस्दै
२४ फागुन काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । शनिबार नेकपा नाम विवादबारे फैसला सुनाउँदै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अबको रणनीतिबारे छलफल गर्न आइतबार बैठक बोलाइएको हो। यसअघि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा पर्ख र हेर नीति […]



