राजनीति
भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्छ : प्रधानमन्त्री
२४ मंसिर काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव नरहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भत्सर्ना गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो( ‘मैले प्रधानमन्त्री भएदेखि नै “म भ्रष्टाचार […]
सर्वदलीय बैठकमा ओलीको चर्को आलोचना
२४ मंसिर काठमाडौँ – प्रतिगमनकारी शक्तिविरुद्ध राष्ट्रिय सहमति कायम गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारका कामकारबाहीमा प्रश्न उठाएका छन् । आफ्नै पार्टी नेकपाभित्र अन्तरसंघर्ष झेलिरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कांग्रेस, जनता समाजवादी र राप्रपाका नेताहरूले चर्को आलोचना गरेका थिए । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध राजावादीहरूले सडकमा नारा घन्काउन थाल्नुको कारण धेरै […]
सरकारले जग्गा कित्ताकाट फुकुवा गर्न पाउने गरि गरेको निर्णय सर्वोच्चले खारेज गरिदियो
२३ मंसिर काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट गर्ने पाउने गरि गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । २०७३ सालमा सरकारले जग्गा कित्ताकाट गर्न नपाउने नियम लागू गरेको थियो । तर गत भदौ १८ गते बसेको मन्त्रिपरिषद बैठकले कित्ताकाट गर्न पाउने गरि फुकुवा गरेको थियो । सो निर्णयको नेकपा भित्रै र […]
आज सर्वदलीय बैठक, राजावादीका गतिविधिबारे पनि चर्चा हुने
२३ मंसिर काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ । […]
पार्टी भित्रको विवादले थप एक्लिए ओली
२२ मंसिर काठमाडौँ– पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादमा अध्यक्ष केपी शर्मा ओली थप एक्लिँदै गएका छन् । उनलाई साथ दिइरहेका नेताहरुले पनि अब विस्तारै उनको साथ छोड्न थालेका छन् । गत वर्ष चैतमा नेकपामा देखिएको विवादमा पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, मणि थापालगायतले ओलीलाई समर्थन गरेका थिए । तर, पछिल्लो समय ओलीलाई […]
राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भएको प्रदर्शनमा राप्रपाद्वारा ऐक्यवद्धता जाहेर
२२ मंसिर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भएको प्रदर्शनमा पार्टीको ऐक्यवद्धता रहको बताउनुभएको छ । आज पार्टी कार्यालय चावहिलमा पार्टीको झण्डा र चूनावचिन्ह सार्वजनिक गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताउनुभएको हो । उहाँले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा पूर्वराजाको कुनै प्रतिक्रिया […]
प्रधानमन्त्रीले ओलीले बोलाए सर्वदलीय बैठक
२२ मंसिर काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुभएके हो । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको […]
ओलीलाई अर्को धक्का
२१ मंसिर काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो। शनिबारको सचिवालय बैठकमा आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि ओली झन् समस्यामा परेका छन्। कात्तिक […]
राप्रपा झापाले आज विशाल प्रदर्शन गर्दै
२० मंसिर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज झापामा बिशाल शक्ति प्रदर्शन गर्दैछ । यसअघि नै राप्रपाले शक्ति प्रदर्शन गर्ने भन्दै झापाको कार्यक्रम मिति मंसिर २० गते तोकेको थियो । नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना गर्ने, राजतन्त्र स्थापना गर्दै संघियता खारेजीको मागसहित राप्रपाले प्रर्दशन गर्न लागेको हो । जसमा राप्रपाले बृहत र्यालीको आयोजना गर्ने कार्यसूची […]
कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
१९ मंसिर काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिनुभएको छ । कोरोन भाइरस सम्बन्धी संयुक्त राष्ट्रसंघको ३१ औं विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताउनु भएको हो । कोरोना विरुद्धको खोप विश्वका सबै देश र नागरिकको पहुँचमा पुग्ने […]



