Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो : सभामुख सापकोटा

३ असोज काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद सिर्जना हुन नदिनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ । “संविधानअनुरुप निर्माण भएका ऐनका […]

आज संविधान दिवस : प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

३ असोज  काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सम्बोधनमार्फत उहाँले स्वदेश र विदेशमा […]

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफीमिनाहा

१ असोज काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा  गर्नुभएको हो । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम […]

प्रजातन्त्रको सौन्दर्य फरक विचार : अध्यक्ष कमल थापा

१ असोज काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो“प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ । ” पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उहाँले […]

राष्ट्रिय सभामामा प्रवेश गर्दै बामदेवले भने ‘ कुनै स्वार्थ बोकेको छैन ’

१ असोज काठमाडौं – राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ । उहाँलाई बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो । राष्ट्रियसभा सदस्य बामदेव गौतमले सपथपछि राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने दृढता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, राष्ट्रियसभाको गरिमा बढाउन नियमावली […]

नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री ज्ञवाली

१ असोज  काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताउनुभएको छ ।  सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले  यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने नभएकाले सबै नागरिक सतर्क, सचेत र जागरुक भए जित्न सकिने बताउनुभयो । स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोभिडका कारण […]

कोभिडमा सबैभन्दा बढी भ्रष्टाचार भएको छ : देउवा

३१ भद्र काठमाडौं – सरकारले मास्क खरिदमा समेत भ्रष्टाचार गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले साताव्यापी कार्यक्रम अन्तर्गत प्रदेश नम्बर ५ का नेता कार्यकर्ताहरुसँग गरेको भर्चुअल बैठकमा बोल्दै सभापति देउवाले सरकारलाई कोभिड–१९ रोकथाम र नियन्त्रणमा कुनै मतलब नभएको बताउनु भयो । ‘सरकारलाई […]

मन्त्रीसरह सुविधा दिने गरी सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

३० भाद्र काठमाडौं – निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो । राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए ।

वामदेवलाई माथिल्लो सदनको लागि सिफारिस, कुलमानको विषयमा निर्णय भएन

काठमाडौँ – आज बसेको मन्त्रिपरिषद् बैठकले वामदेव गौतम माथिल्लो सदनको सदस्यमा मनोनयनका लागि रास्ट्रपति समक्ष सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन । बैठकमा कुलमान सम्बन्धि प्रस्ताव नै […]

पहिरो पीडितको उद्वार, राहत र सुरक्षित स्थान्तरणका लागि सभापति देउवाको माग

२८ भदौ काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता भएकामा दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आइतबार (आज) विज्ञप्ती जारी गर्दै बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त […]