Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

राजदूत लक्की शेर्पा सिआइबीको छानबिनमा

 काठमाडौं – अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन् । २ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया […]

संघीय निजामती ऐन : खुलाबाट सहसचिव रोकियो

काठमाडौं –  खुला प्रतियोगिताबाट छानिने सहसचिवको व्यवस्था बन्द भएको छ। प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रांकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था छैन। निजामती सेवा ऐन २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुवात गरेको थियो। यसलाई निजामती सेवामा ‘छड्के प्रवेश’ भनेर चिनिने गरेको छ। त्यसभन्दा पहिले कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतियोगिता (फाइल बढुवा)बाट कर्मचारीको पदपूर्ति […]

गाउँपालिकाको विवाद सिंहदरबारसम्म

काठमाडौं  – गाउँपालिका केन्द्र मिलाइदिन भन्दै जाजरकोटको एक गाउँपालिकाका जनप्रतिनिधि सिंहदरबार पुगेका छन् । निर्वाचित भएको डेढ वर्षसम्म पनि केन्द्रको विवाद मिलाउन नसकेपछि जुनीचाँदे गाउँपलिकाका जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं पुगेका हुन् । आफूले भनेको ठाउँमा केन्द्र हुनुपर्ने भन्दै दुई खेमाम विभाजित जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं गएर पनि विवाद गर्न थालेका छन् । जाजरकोटबाट निर्वाचित […]

नेपाल भारत जलस्रोत बैठक नयाँ दिल्लीमा

काठमाडौं – नेपाल र भारतका जलस्रोत अधिकारीबीच भारतको नयाँ दिल्लीमा वार्ता भएको छ। बिहीबारको वार्ताका निर्णयको माइन्यूटिङ भइरहेको दिल्लीमा रहेका एक नेपाली प्रतिनिधिले जानकारी दिए। बैठकमा दुवै देश सम्बद्ध आठवटा प्रमुख एजेन्डामा छलफल भएको छ। बिहीबार भएको सहसचिव स्तरीय बैठक (संयुक्त स्थायी प्राविधिक कमिटी) को नेतृत्व सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारले गरेका छन्। भारतीय पक्षको नेतृत्व गंगा […]

संसद चलाउने सभामुखको हुकुमी शैली मन परेनः कांग्रेस

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झण्डै ६ महिनापछि सदनमा सार्वजनिक वक्तव्य दिए । तर, उनलाई प्रश्न सोध्न नपाउँदा प्रमुख विपक्षी कांग्रेसले संसदमै नाराबाजी गर्‍यो र प्रधानमन्त्रीको सम्बोधन खल्लो बन्यो । प्रधानमन्त्री ओलीले १२ असारपछि पहिलोपटक आइतबार संसदलाई सम्बोधन गरेका थिए । झण्डै एकघण्टा लामो वक्तव्य दिएका उनले सरकारको १० महिनाका ‘उपलब्धीहरु’ मात्रै प्रस्तुत गरेनन्, विपक्षी […]

‘वाइडबडी’बारे उप–समितिले बुझाएको प्रतिवेदनमा नै विवाद

काठमाडौँ – नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उप–समितिको प्रतिवेदनलाई लिएर संसदको लेखा समितिमै विवाद भएको छ । नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वका गठित उप–समितिले समितिमा पेश गरेको प्रतिवेदन निष्पक्ष नभएको, अपूर्ण रहेको र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको भन्दै नेकपाका सांसदले आपत्ति जनाएका हुन् । विमान खरिदमा भ्रष्टाचार […]

सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन

चितवन – गण्डकी प्रदेश अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर १६ अमरापुरीमा सुरज सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन भएको छ। विवेकशील साझा पार्टीका जिल्ला नेताहरू भीमप्रसाद आचार्य, रोहित क्षेत्री र गोविन्द तिवारीको उपस्थितिमा  आयोजित भेलाले सो समिति गठन गरेको हो। हामी देशव्यापी संगठन विस्तारको अभियानमा छौं। संगठन विस्तारले सदस्यता विस्तारमा सहयोग पुर्याउँछ। संगठन र […]

राष्ट्रियता कमजोर भएकोले एकता र मेलमिलापकको नीति आज आवश्यक छ : सासंद नेपाल

 सिताराम थापा बागलुङ –  विपि कोईराला मेलमिलाप निति विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । ४३ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा आयोजित वर्तमान राजनितिक परिवेशमां विपि कोईरालाको मेलमिलाप नीति विषयक अन्तरक्रिया कार्यक्रम देशै भरको जिल्लामा आयोजना गरिएको थियो।  कार्यक्रम गण्डकी प्रदेशको बागलुङ पर्वत र म्याग्दि जिल्लामा पनि सम्पन्न भएको छ। बागलुङ जिल्लामा भएको […]

निर्मला पन्त घटनाबारे बालबालिकाले प्रधानमन्त्रीलाई सोधेपछि

काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई निर्मला पन्तको बलात्कार र हत्या घटनाका दोषी पत्ता लगाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल स्काउटलेमंगलबार गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विद्यार्थीहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ। उनीहरु पत्ता लाग्छन्।’ उच्चस्तरीय छानबिन समिति गठन गरेर अनसुन्धान भइरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल […]

प्रधानन्यायाधीशमा प्रस्तावित जबरामाथि प्रश्नको बर्षा

काठमाडौं –  प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा आइतबार कार्ययोजना प्रस्तुत गर्दै जबराले तत्काल काम थाल्ने घोषणा गरे । न्यायसम्पादन क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिक रोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रामाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको […]