राजनीति
नेकपामा तीन गुट, महाधिवेशनको पूर्वाभ्यास
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन् । नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशनउन्मुख हुन थालेको छ । […]
सञ्चारमन्त्रीको निर्देशनमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा
काठमाडौं – सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । धेरै विवाद आएको भन्दै मन्त्री बास्कोटले झा लाई राजीनामा दिन निर्देशन दिएका थिए । झाले राजीनामा दिएको मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ। त्यसअघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए । झालाई बर्खास्त गर्न माग […]
नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन्। पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्र्ष नेता एक ठाउँमा उभिएका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर […]
कम्युनिस्ट पार्टीको बैठक : भूतदेखि सुनपानी छर्किनेसम्मका कुरा !
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठक शनिबारदेखि जारी छ। बैठकमा ४५ स्थायी समिति सदस्य, यसअघिका अनुशासन आयोग अध्यक्ष अमृत बोहरा र अमिक शेरचनसँगै चार आमन्त्रित सदस्य गरी ५१ नेता सहभागी छन्। पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अहिलेसम्म २६ नेताले धारणा राखेका छन्। केही नेता पार्टी नेतृत्व र कार्यशैलीप्रति आक्रोशित छन् भने केही […]
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग
काठमाडौं – कांग्रेसका १२ केन्द्रीय सदस्यले शीघ्र महाधिवेशनको माग गरेका छन् । महासमितिलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ । केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, रत्न शेरचन र किरण यादवले निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा […]
यी हुन् घर भाडा फिर्ता गर्ने १२ सांसद
काठमाडौं – राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह […]
प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब
काठमाडौं – सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढेको छ। राजधानी दैनिकमा समाचार छ, अनिबार सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै […]
६ वर्षपछि कांग्रेस महासमिति बैठक आजबाट सुरु
काठमाडौँ — कांग्रेसको बहुप्रतीक्षित महासमिति बैठक शनिबार राजधानीमा सुरु हुँदै छ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक हुन लागेको हो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि यो पहिलो महासमिति बैठक हो । महासमितिलाई पार्टीको नीति–निर्माण गर्ने शक्तिशाली वैचारिक थलोका रूपमा लिइन्छ । पछिल्लो महासमिति बैठक ०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा बसेको थियो । संघ, […]
घरधनी सांसदलाई घरभाडा
काठमाडौं – राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका छन् । भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् […]
नेता सुरक्षित हुन खोज्दा पिडितको न्याय हरण
राजनितिक दलको नेताहरु सुरक्षीत हुन खोज्दा द्धन्दपिडितहरुको १२ बर्षमा न्याय नै हरायको र यसको परिणाम दण्डहिनता मौलाएको एक कार्यक्रमका सहभागिले बताएका छन् । इक्वेल एक्सेसको आयोजना र द्दन्दपिडित साझा चौतारी लगायतको संस्थाहरुको सहकार्यमा बागलुङमा आयोजना गरेको द्वन्द्वसंग सम्बन्धित महिला हिंसा विषयक अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागिहरुले उच्च नेतृत्वहरु सुरक्षित हुने गरि सत्य निरुपण तथा मेलमिलाप र […]



