Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

पूर्वमाओवादीका चार नेताले दायर गरेको रिट न्यायाधीश कार्कीको बेञ्चमा

१४ साउन, काठमाडौं– माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेर सांसद पद गुमाएका चार नेताहरुले आफूहरुलाई पुनरबहाली गर्न माग गर्दै दायर गरेको आजदेखि सुनुवाइ हुने भएको छ । पद गुमाएका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनरबहालीको माग गर्दै बुधबार रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको […]

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा

१४ साउन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्। गठबन्धनका सबै पक्षसँग छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए। सबै पक्षले नाम दिएमा आजै सपथ हुने बताउँदै ती नेताले भने, ‘केही कारण आज हुन नसकेका भोलि (शुक्रबार) सपथ हुनेछ।’ आजै सत्तासाझेदार गठबन्धनको बैठकले मन्त्रीको […]

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

१४ साउन, काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने नेता डा।प्रकाशशरण महतले जानकारी दिए । बैठकमा क्रियाशील सदस्यता विवाद समाधानको प्रस्तावसहित प्रतिबेदन ल्याउन छानविन समितिलाई समय दिइएपछि उसले गरिरहेको कामबारे समीक्षा हुनेछ । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै रहँदा पार्टी मुख्यालय […]

नवनियुक्त २ जना प्रदेश प्रमुखले लिए सपथ

१३ साउन, काठमाडौँ – लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनु्का छन् । बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री […]

क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपः कांग्रेस

१३ साउन, काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरुपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी […]

टोपबहादुर रायमाझी भन्छन्, ‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’

१३ साउन, काठमाडौँ – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू माओवादीमै रहेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम गर्नुपर्ने मागसहित दायर भएको रिटमा उनले आफू माओवादीकै केन्द्रीय समिति सदस्यमा रहेको बताएका हुन् । दायर गरिएको रिटमा उनले भनेका छन्, ‘नेकपा एमाले आजसम्म म औपचारिक रुपमा […]

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

१३ साउन, काठमाडौँ – सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल […]

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

१३ साउन, काठमाडौँ – सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल […]

तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुले

१३ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा तटस्थ बसेका रेशम चौधरी जसपाको पक्षमा खुलेका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीले केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको बेला फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘माननीय रेशम […]

साना उद्योगको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भव छ : अर्थमन्त्री शर्मा

१३ साउन, काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेका साना तथा मझौला उद्योगको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा उहाँले भन्नुभयो, “साना उद्योगको सङ्ख्या कति छ ? अवस्था के छ र समस्या के छ ? बजारको अवस्था के […]