राजनीति
देउवा निवास कांग्रेस पदाधिकारी बैठक बस्दै
२९ जेठ, काठमाडौँ – नेपाली कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्न लागेको हो। बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै […]
चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्रीको आग्रह
२८ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको सातौं बैठकलाई आज अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यमस्तरको जनशक्ति चाहिन्छ ? सामान्य […]
गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान
२८ जेठ, काठमाडौं– गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरिएको छ । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गर्नुभएको हो । मुख्यमन्त्रिका नियुक्तिका लागि संविधानको धारा १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रियामा दाबी गर्न आह्वान […]
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी, को को गए बैठकमा ?
२८ जेठ, काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसहितको सर्वदलीय बैठक शुरू भएको छ । सभामुखले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने शीर्षस्थ नेतालाई बोलाउनुभएको थियो । अहिले उक्त छलफल नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा चलिरहेको छ । जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका […]
विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा जारी
२७ जेठ, काठमाडौँ – नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी […]
को मन्त्री आयो र को मन्त्री गयो हेर्ने होइन, काममा ध्यान दिनुस् : नवनियुक्त मन्त्री थापा
२७ जेठ, काठमाडौँ – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो, को मन्त्री गयो भनेर नभइ मन्त्रालयको काममा ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरूको ध्यान जानुपर्ने बताउनुभयो । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्त्वपूर्ण भूमिका […]
याङ्ग्री र लार्के खोलाबाट आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन
२७ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि याङ्ग्री र लार्के खोलाबाट पनि खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिनुभएको […]
गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरूङको सरकार ढल्यो
२७ जेठ, काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमा मतदान भएको थियो । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका […]
गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासको मत पाउन असफल, सरकार कामचलाउमा परिणत
२७ जेठ, काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त असफल भएका छन् । प्रदेश सभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन नसकेका हुन् । प्रदेश सभामा मतदानमा सहभागिमध्ये २७ जनाले प्रस्तावको पक्षमा मत राखेका थए भने विपक्षमा ३० मत परेको थियो । यस्तै एक जना तटस्थ बसेका थिए । आजको प्रदेशसभा […]
नागरिकता सम्बन्धी अध्यादेश तत्काल लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश
२७ जेठ, काठमाडौं– सर्वोच्च अदालतले नागरिकता अध्यादेश २०७८ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले तत्कालै नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्व रहेको न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले यो आदेश दिएको हो । संसद विघटनपछि […]



