Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

राजनीति

जसपाका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

४ जेठ, काठमाडौँ – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाका चार सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी […]

ओलीलाई पुनः शपथग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट

३ जेठ काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले प्रधानमन्त्री विरुद्ध चारओटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वैशाख ३१ गते शुक्रबार शपथ लिने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका […]

लुम्बिनीका चार मन्त्रीको रिट न्यायाधीश सुवेदीको बेञ्चमा

३ जेठ, काठमाडौं – लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै जनता समाजवादी पार्टी ९जसपा०को कार्यकारिणी समितिको बहुमतले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई […]

प्रधानमन्त्रीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि

३ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष ओलीले आज २८ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले पुरानो पार्टी मुख्यालयमा पुगेर जबजका प्रणेता भण्डारीका शालिक र आश्रितका तस्वीरमा माल्यार्पण गर्नुभयो । उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, […]

प्रधानमन्त्री ओली र नेता नेपालबीच आजपनि छलफल हुने

२ जेठ, काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ । एमाले विवाद समाधानका लागि २०७५ जेठ २ गते फर्कनुपर्ने नेता नेपालको शर्त समाधानका लागि आज फेरी छलफल हुन लागेको हो । सिंहदरबारमा शुक्रबार दुई पक्षबीच भएको वार्तामा जेठ २ को अवस्थामा गएर समाधान निकाल्ने सहमति भएको छ । यसै […]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् गठन, दोहोरिए सबै मन्त्री

१ जेठ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहो¥याउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । राष्ट्रपति भवनमा आज सपथ लिने मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज […]

प्रधानमन्त्रीको शपथ आज

१ जेठ, काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको […]

नेपाल समूहको राजिनामा केहीदिनलाई टर्‍यो, कार्यदल बनाएर अगाडि बढ्ने

३० वैशाख,काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले तत्काललाई राजिनामाबाट पछाडि हटेको बताएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुईरचार दिनलाई टरेको बताएका छन् ।

देउवा र प्रचण्डबीचको भेटवार्ता सकियो

३० वैशाख, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । भेटवार्तामा सभापति देउवाले जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुसँगको छलफलका जानकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनु भएको थियो । यस्तै पछिल्लो समीकरणका बारेमा पनि दुई नेताबीच छलफल भएको थियो । राष्ट्रपतिले दिएको समयसीमाभित्र […]

बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरु

३० वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका हुन् ।