Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छः प्रधानमन्त्री ओली

२० वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैंmँ आवश्यक मात्रामा […]

आज पनि मन्त्रिपरिषद् बैठक बस्दै

२० वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले बैठक बोलाउनु भएको हो। बैठक दिउँसो ४ बजे बस्नेछ।   यसअघि आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकमा  संसद्को विशेष अधिवेशन आह्वान गर्ने र प्रधानमन्त्रीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय भएको […]

जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्री ओली

२० वेशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले […]

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

२० वेशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड -१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।

एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

२० वैशाख, काठमाडौँ – नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ । शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएको थियो। सभामुख पूर्ण घर्तीले पाण्डेको राजीनामा स्वीकृत गर्नु भएको हो । कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेले पेस गरेको राजीनामा पत्रमा हालको राजनीतिक परिस्थिति नियाल्दै हिजोकै मितिबाट लागू हुने राजीनामा […]

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि : कांग्रेसले बोलायो पदाधिकारी बैठक

२० वैशाख, काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राख्नु भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज पदाधिकारी बैठक बस्ने जानकारी […]

कांग्रेसको शिक्षा विभागले भन्यो- कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्याउनुपर्छ

२० वैशाख, काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउन सरकारसँग आग्रह गरेको छ। नेपालको संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, साथै उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य […]

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

१९ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा वैशाख २७ गते प्रधधानमन्त्रीले सदनमा विश्वासको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ गते बर्खे (बजेट) अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा […]

शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त

१९ वैशाख, काठमाडौँ – लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् । नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको थियो ।

स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री

१९ वैशाख, काठमाडौँ –  नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । आइतबार दिउँसो १२ बजेलाई बोलाइएको बैठक ढिला गरी केही बेर मात्रै बसेर सकिएको हो । बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नु भएको छ । बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।