Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

समाचार

नेपाललाई उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आह्वान

९ आश्विन,काठमाडौं – संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्काले कुवेतका विदेशमन्त्री डा अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवद्र्धनलगायत साझा चासो र अन्य विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली […]

पूर्वअर्थमन्त्री अधिकारीकी छोरी एकीकृत समाजवादीमा

९ आश्विन,काठमाडौं – वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी सक्रिय राजनीतिमा आउने हुनुभएको छ । लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्ने हुनुभएको हो । पार्टीले उहाँलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको  छ । लीमा […]

महामन्त्री मोक्तान साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन

९ आश्विन,काठमाडौं – राप्रपा नेपालका महामन्त्री बिकास मोक्तानलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको केन्द्रीय सचिवालयको बेठकले साधारण सदस्य समेत नरहने गरि उनलाइ पार्टीबाट निस्कासन गरिएको हो । उनले पटकपटक राजनीतिक पार्टी परिवर्तन गरिरहेको राप्रपा नेपालको आरोप छ । कहिले प्रजातन्त्रवादी , कहिले राजावादी , त कहिले माओवादीको झन्डा बोकि हिडेको भन्दै  मोक्तानलाई पार्टीबाट […]

व्यापारी हत्या अभियोगमा चार जना पक्राउ

९ आश्विन,बैतडी – बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता […]

इटहरीमा एक जनाको हत्या

९ आश्विन, सुनसरी – सुनसरीको इटहरीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । इटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका २१ वर्षीय राजु थापाको शुक्रबार अपराह्न हत्या भएको हो।सामान्य घरायसी विवादमा थापामाथि छिमेकी ६२ वर्षीय देवीप्रसाद अधिकारीले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। छातीमा छुरा प्रहारबाट गम्भीर घाइते भएका थापाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउना […]

विनयी त्रिवेणी गाउँपालिका-२ बाट २८ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

९ आश्विन,नवलपरासी – नवलपरासी पूर्वबाट प्रहरीले नदी दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो। शनिबार बिहान राति प्रहरीले  लु ४ त २४९४, लु ४ त ५५२६, रा१त ३००० लगायत नम्बरका […]

अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने तालिबानको चेतावनी

९ आश्विन,एजेन्सी – तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिनुभएको छ । हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय सुरक्षाका लागि आवश्यक भएको समाचारसंस्था एपीलाई बताउनुभएको हो। तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उहाँले बताउनुभयो । सन् १९९० […]

एमसीसी पारित नगर्दैमा देश कंगाल हुँदैनः राजेन्द्र श्रेष्ठ

९ आश्विन,काठमाडौं –जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नआए पनि देश कंगाल नहुने बताउनुभएको छ । मुलुक एमसीको पक्ष र विपक्षमा विभाजित भएकाले यसलाई संशोधन नगरी पारित गर्न नहुनेमा उहाँको जोड छ । नेता श्रेष्ठले भन्नुभयो, “एमसीसीका पक्ष र पक्षमा अहिले जनमत विभाजित छ । यस्तो विभाजित अवस्थामा लेटर अफ […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

९ आश्विन, काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबारको बैठकमा विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह […]

तेजाव आक्रमण निरुत्साहित सरकार गर्न लागि परेको छः प्रधानमन्त्री देउवा

९ आश्विन, काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभएको छ। प्रधानमन्त्री देउवालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरी अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा […]