समाचार
दीपक मनाङेले सम्पत्ति विवरण नबुझाएकोप्रति एमाले सांसद्ले मागे जवाफ
२९ भदौ, पोखरा – एमाले सांसद कृष्ण थापाले गण्डकी प्रदेशसभामा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण नबुझाएको विषयमा जवाफ माग गर्नुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश सांसद थापाले प्रदेशसभामा मन्त्री मनाङेको वास्तविक सम्पत्ति सार्वजनिक गर्न माग गर्नुभएको हो । यसअघि मनाङ्गेले आफुले युवाहरुलाई रकम लगानी गरेको र र त्यो आउन बाँकी […]
५० वर्ष पहिले हराएको “उमामहेश्वर”को मूर्ति अमेरिकाबाट नेपाल फर्कियो
२९ भदौ, काठमाडौँ – पाटनको गाः हिति ९ढुंगेधारा० बाट हराएर अमेरिकाको डेन्भर आर्ट म्युजियममा पुगेको उमा महेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण गरिएको छ । सन् १९७५ देखि म्युजियममा प्रर्दशन गरिएको उक्त मूर्ति नेपालको भन्ने थाहा पाएपछि म्युजियमले नेपालको दुतावासलाई हस्तान्तरण गरेको हो। नेपालतर्फका राजदूत युवराज खतिवडाले उक्त मूर्ति फिर्ता लिदै खुसी व्यक्त गर्नुभएकोहो । साथै सांस्कृतिक सम्पदाको […]
बजेट पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्म स्थगित
२९ भदौ, काठमाडौँ – बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि […]
सवारी साधनमा स्टिकर टाँस्दै हुनुहुन्छ ! ध्यान दिनुहोस् : ललितपुर महानगर
२९ भदौ, काठमाडौँ – विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याएको छ । कुनै पनि सवारी साधानमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नु अगाडि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर महानगरमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि ललितपुर महानगरले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभयो । ‘महानगरले सबैलाई […]
बैतडीमा गुडीरहेको बसमाथीबाट ढुङ्गा लाग्दा एक जनाको मृत्यु, तीन घाइते
२९ भदौ, काठमाडौँ – बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गएराती साडे १ बजे खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ८ स्थित झौलेक मोडमा महेन्द्रनगरबाट बझाङ गइरहेको सुप २००१ ख ११५६ नं को बसमाथीबाट ढुङ्गा खस्दा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय […]
प्रेमिकाकै मोबाइल खोसेर अश्लिल फोटो-भिडियो अपलोड गर्ने पक्राउ
२९ भदौ, काठमाडौँ – प्रेम सम्बन्धमा रहेको बखत खिचिएको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना प्रक्राउ परेका छन् । दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई पाँचखालबाट पक्राउ गरिएको हो। महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार जिरेलले प्रेमीकासँग विवाद गरेर उनको मोबाइल खोसेर मोबाइलमा […]
पुरुषले गर्ने काम महिलाले पनि गर्नसक्छन् : ब्याकहो लोडर अप्रेटर दिपा अधिकारी
२८ भदौ, भक्तपुर – युसेप नेपाल अन्तर्गत सानोठिमीमा संचालित प्राविधिक शिक्षालयमा हाल दीपा वाग्ले ब्याकहो लोडर चलाउन सिकिरहनुभएकोछ । इटहरीमा ई–रिक्सा चलाइरहनुभएकी उहाँ हेभी मेसिन, ब्याकहो लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आउनुभएकोहो । सधै केहि नयाँ काम गर्न चाहने दिपा यो भन्दा अघि पनि ब्याकहो लोडर चलाउन सिक्नकै लागि इटहरी उप–महानगरपालिकामा सह–चालक भएर केही समय […]
विष्णु माझीबारे प्रहरीको सोधखोज
२८ भदौ, स्याङ्जा –सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीद्वारा माइती पक्षसँग सोधखोज गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरिएकोहो । सोधिखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय मानवअधिकार आयोगद्वारा माझी […]
नेपाल र चीनबीचको सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हिल्सातर्फ
२८ भदौ, काठमाडौँ – नेपाल र चीनबीचको सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हिल्सातर्फ गएको छ। शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार हिल्सातर्फ गएको हो। सरकारले सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको थियो। हुम्ला सदरमुकामबाट हिल्सा जाँदा भने टोलीमा सात जना रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी […]
झुण्डिएको अवस्थामा एक महिलाको शव फेला
२८ भदौ, काठमाडौँ – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बेडुखाडा की २७ बर्षीया भावना देवकोटाको झुण्डिएको अवस्थामा शव फेला परेको दैलेख प्रहरीले जानकारी दिएको छ। उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको टिमीलाको रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको हो […]



