Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

आज अक्षय तृतीया, सर्वत र सातु दान गर्नाले देवता र पितृहरु प्रशन्न हुने विश्वास

१ जेठ, काठमाडौं – आज अक्षय तृतीया, बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ । पुराण ग्रन्थहरू अनुसार आजको दिनमा गरिएको शुभ कार्यको अक्षय फल पाइने धार्मिक विश्वास रहेको छ । दालचिनीर ल्वाङ, सुकुमेल, अलैंची, र सख्खर मिलाई बनाएको सर्बत र जौको सातु दान गर्ने ग्रहण गर्ने दिनको रुपमा लिइने गरिन्छ । यसैले […]

सुनको भाउ आज स्थिर

१ जेठ, काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्य […]

नलगाड नगरपालिकाका सबै सेवा बन्द

३० वैशाख, जाजरकोट – नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै आजदेखि आफ्नो सेवा बन्द गरेको छ । यही वैशाख ३० गतेदेखि बन्द गरेको सेवा आगामी जेठ ३ गतेपछि मात्र सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । नगरपालिकाभित्रका सबै वडाबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ । त्यस्तै वडा नं […]

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

३० वैशाख, एजेन्सी – अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राख्नुभएको थियो । उहाँले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा […]

मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

३० वैशाख, काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ । निगमका महाबवन्धक डिमप्रकाश […]

सुनको मूल्य घट्यो

३० वैशाख, काठमाडौँ – सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । गत बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ […]

संक्रमण बढेपछि दोरम्बा गाउँपालिकाको सबै नाका बन्द

सिंहराज योन्जन ३० वैशाख, रामेछाप – संक्रमणको दर बढ्दै गएपछि दोरम्बा गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ । संक्रमण नियन्त्रणका लागि गाँउपालिकाले गाउँपालिका प्रवेश गर्ने मुख्य नाका ताम्चेत, फुलासी पोखरी ,गाल्पा बजार, लखनपुर, पुँडिटार र खोलाखर्क नाका बन्द गरेको हो । गाँउपालिकामा ७० प्रतिशत भन्दा बढीमा संक्रमण फैलिएको कारण सबै सीमा नाका बन्द […]

अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्बियो : अत्यावश्यक उडान जारी

२९ वैशख, काठमाडौँ – मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल […]

घट्यो सुनको मूल्य, तोलाको कति ?

२९ वैशाख, काठमाडौं – स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय र चाँदीको […]

पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त, आइसियूबाट सारिएकी कोमलसँगै डिस्चार्ज हुने

२८ वैशाख, काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त भएसँगै उनी सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पताल स्रोतले जनाएको छ । ‘पूर्वराजालाई अहिले अक्सिजनबाट पनि मुक्त गरिसकिएको छ । उनीसँगै पूर्वरानी कोमल शाह पनि स्वास्थ्यलाभ हासिल गरिरहेकी छिन्। उनलाई गत शुक्रबार नै आइसियूबाट साधारण बेडमा सारिएको थियो। उनलाई अहिले प्रतिमिनेट […]