Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

कलङ्कीमा टिप्परले ठक्कर दिँदा पैदलयात्रीको निधन

१५ चैत्र काठमाडौँ – काठमाडौंको कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गतराति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको हो । टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए । मकवानपुर घर भएका चालकलाई […]

भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टको तयारी पुरा

१५ चैत्र काठमाडौँ – निओ ब्याडमिन्टन समुहले आयोजना हन लागेको भक्तपुरमा जिल्ला स्तरीय आमन्त्रित ब्याडमिन्टन टुर्नामेन्टको तयारी पुरा भएको छ । नियमित खेल खेलौँ, मनोरञ्जन गरौं, मस्त हौं, स्वस्थ रहौँ भन्ने नाराका साथ २०७७ चैत १६ गते देखि भक्तपुरको सुर्यबिनायकमा खेल हुने भएको हो । खेलको उद्घाटन सूर्यविनायक नगरपालिका ८ का वडाध्यक्ष किरण थापाले गर्नुहुने […]

आर्मी र किर्गिस्तानबीचको फुटबल आज, निःशुल्क हेर्न पाइने

१४ चैत्र काठमाडौं – त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो। त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो साढे ३ बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न […]

सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आह्वान

१५ चैत्र काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् । अहिले पनि कोरोना भइरस ९कोभिड(१९० महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् । होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता […]

हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ

१५ चैत्र काठमाडौं – काठमाडौंको हाँडीगाउँबाट पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो मेडइन युएसए लेखिएको एक थान नौ मिमी पेस्तोल‚ पाँचवटा गोली र म्याग्जिनसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ शिखर अम्बोटे घर भई काठमाडौंको जडिबुटी बस्ने कोटे लामा र नवबुद्ध नगरपालिका-११ घर भई जडिबुटी बस्ने अनन्त तामाङ्ग […]

काठमाडौंको वायु प्रदूषण अझै आएन सुधार, सावधानी अपनाउन आग्रह

१५ चैत्र काठमाडौं – काठमाडौं सहित देशका विभिन्न भागमा कायम वायु प्रदूषणमा आज पनि सुधार आउन सकेको छैन । बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र यसबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा […]

आज होली : यसकारण मनाइन्छ होली

१५ चैत काठमाडौँ – उतिबेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरु नै किन नहुन्, बसन्त ऋतुको यो महान पर्व होलीका पृष्ठभूमिहरु अनि मनाइएका चलनहरु प्रशस्तै इतिहासमा वर्णित छन् । काठमाडौंको बसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक शुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन […]

पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

१५ चैत काठमाडौँ – नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला […]

मगर बिजनेश कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनिता थापा मगर १४ चैत रामेछाप – मगर बिजनेश कम्पनी लिमिटेडले रामेछापको मन्थलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “आर्थिक समृद्धिको लागी ब्यवसायिक अभियान” भन्ने मुल नाराको साथमा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । २० करोडको लक्ष्य र २ करोड पच्चीस लाखको पुजी चुक्तामा मगर बिजनेश कम्पनी संचालनमा आएको मगर बिजनेश कम्पनी लिमिटेडका अध्यक्ष […]

आफ्नै शरीरमा आगो लगाउदा रामेछापमा एकको मृत्यु

अनिता थापा मगर १४ चैत,रामेछाप । रामेछापमा आफैले आफ्नो शरीरमा आगो लगाउदा एक जनाको ज्यान गएको छ । शुक्रबार दिउँसो करिब १बजे रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी आफ्नै घरमा बसिरहेको अबस्थामा मानसिक सन्तुलन गुमाएकी अन्दाजी ४२/४३ वर्षीय हिरा बहादुर भुजेलको मृत्यु भएको हो । उनले आफ्नै शरीरमा मट्टितेल खन्याएर आलो लगाएको जिल्ला प्रहरी […]