समाचार
जाडोमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने खतरा
२७ मंसिर काठमाडौँ – विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले […]
शनिबार राजधानीका विभिन्न स्थानमा लोडसेडिङ हुने
२६ मंसिर काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती […]
कलंकीमा ट्रकले ८ ओटा सवारी साधनलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते
२६ मंसिर काठमाडौं – काठमाडौंको कलंकीमा भयानक दुर्घटना भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले कलंकीस्थित कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा अन्य ८ वटा सवारी साधनलाई ठक्कर दिदा भयानक दुर्घटना भएको हो । महानगरीय प्रहरी परिसरका अनुसार उक्त दुर्घटनामा परी एकको घटनास्थलमै ज्यान गएको छ, भने अन्य ६ जना घाइते भएका छन् […]
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
२६ मंसिर काठमाडौं – एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई÷तीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो । […]
नेकपाका केन्द्रीय सदस्य एवं पूर्व राजदूत कमानसिंह लामाको कोरोनाका कारण निधन
२५ मंसिर काठमाडौं – कोरोना संक्रमणबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ । उपचारको क्रममा गए राति उहाँको निधन भएको हो । गत मंसिर १० गते टेकु अस्पतालमा पीसीआर परीक्षणका गर्दा उहाँमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण […]
मुलुकमा १ हजार ५६ संक्रमित थपिए
२४ मंसिर काठमाडौं – मुलुकमा थप १ हजार ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५६ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको […]
सगरमाथाको नयाँ उचाइ सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो
-सिंहराज योञ्जन २३ मंसिर,काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् । सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित […]
विप्लव समुहद्वारा प्रधानाध्यापकको अपहरणपछि गोली हानी हत्या
२३ मंसिर काठमाडौं – मोरङको मिक्लाजुुङमा विप्लव समुहले विद्यालय प्रधानाध्यापकको अपहरण पछि हत्या गरेका छन् । विप्लव समुहले मंगलबार बिहान ६स्४५ बजेतिर प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई अपहरण गरि लगेको र त्यसको केही समयपछि गोली हानेर हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । । उनको टाउकोमा गोली लागेको मोरङ प्रहरीले बताएको छ । […]
बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने
२२ मंसिर काठमाडौँ– प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव […]
प्युठानमा रुखबाट लडेर एकको मृत्यु
२२ मंसिर प्युठान– प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो । घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला […]



