समाचार
बस दुर्घटनामा चालकको मृत्यु, तीन घाइते
झिमरुक, ४ कात्तिक । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो । तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बस चालक दाङ […]
कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको होइन : स्वास्थ्य मन्त्रालय
३ कात्तिक काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको उपचारमा सरकार पछि हटेको नभइ नीतिमा परिवर्तन गरेको प्रष्ट पारेको छ । आज मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले सरकारले आर्थिक अवस्था राम्रो भएकाले कोरोना संक्रमण भएमा आफैं उपचार गर्ने नीति लिएको बताउनुभएको हो । नीतिमा थोरै फेरबदल गरेर सामान्य खर्च गर्नेले आफै उपचार […]
काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ संक्रमण
३ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ हजार ८ जना संक्रमित थपिएका छन् भने […]
सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने लोकसेवा आयोगको निर्णय
३ कात्तिक काठमाडौं – लोकसेवा आयोगले सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । यो सँगै आगामी कात्तिक १६ गतेबाट हुने भनिएको परीक्षा पनि प्रभावित भएको छ । आयोगले आज एक सुचना जारी गर्दे कोरोना भाइरसको महामारीका कारण परीक्षार्थीहरुमा छाएको त्रासका कारण परीक्षा स्थगित गर्नुपरेको लोक सेवा आयोग परीक्षा संचालन साखाले जनाएको छ । त्यस्तै […]
बनेपाको मेयर र प्रमुख प्रशासकिय अधिकृतमा कोरोना पुष्टि
काभ्रे – बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे र प्रमूख प्रशासकीय अधिकृतमा कोरोना पुष्टि भएको छ । नगरपालिका दुई व्यक्तिमा कोरोना पुष्टि भएसंगै नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा अनिश्चितकालिन बन्द गरेको छ ।
केएमसी अस्पतालबाट हाम फालेका युवकको मृत्यु
काठमाडौँ, ३ कात्तिक । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको तेस्रो तलाबाट हाम्फालेर एक युवकको मृत्यु भएको छ। केएमसीको तीन तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्युभएको हो। उपचार लागि आइतबार साँझ भर्ना भएका सोलुखुम्बूका रोशन खड्काले बिहान ८ः४५ मा हाम्फाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक […]
काठमाडौं उपत्यकामा संक्रमणको बढ्दो दर घटेन
२ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ९८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार ४ सय ६९ जना संक्रमित थपिएका छन् […]
बडादशैं शुरु, आज घटस्थापना
१ कार्तिक काठमाडौं – नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आजबाट नौ दिनसम्म नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भीड हुने गर्दछ । तर विश्वभर फैलिएको कोभिड १९ संक्रमणको असर र यस बर्ष परेको छ । नवरात्रीको पहिलो दिन घटस्थापना पर्दछ । आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं […]
रमेश बाहुनद्धारा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
काठमाडौँ, ३० असोज । रमेश बाहुन उपनामले चिनिएका सुजन पैडेलले आफुविरुद्द भ्रामक र कपोलकल्पित लाञ्छना तथा आरोप लगाएर मानमर्दन गर्न खोजिएको भन्दै एक अनलाइन विरुद्द काठमाण्डौ जिल्ला अदालतमा मुद्दा फिरादपत्र (मुद्दा) दायर गराएका छन् । उनले आफ्ना वकिलमार्फत सुना मिडिया प्रालिले सञ्चालन गरेको रिपव्लिका दैनिक डटकम नामको अनलाइनका प्रकाशकर कार्यकारी सम्पादक सुना गुरुगं तथा सम्पादक […]
४ लाख घुससहित प्रहरी हवल्दार दम्पती पक्राउ
३० असोज बुटवल धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिँदालिँदै प्रहरी हवल्दारका श्रीमान् श्रीमती अख्तियारको फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । धरौटीमा छुटाईदिन सहयोग गरेवापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती […]



