समाचार
प्रतिनिधि सभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो । समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ । त्यस्तै, सरकारी लाभको […]
ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेताको दबाब
काठमाडौं – ठगीका उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन् । हालै विभागले सूचना नै जारी गरेर उजुरी फर्छ्यौट गर्न निर्देशन […]
देउवाका सहयोगी नै मुख्य प्रतिस्पर्धी
काठमाडौं – सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन् । पाँचौंपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई उनकै पार्टीका नेता तथा कार्यकर्ताले भाग्यवादी अर्थात् भाग्यमा विश्वास गर्ने नेताका रूपमा चित्रण गर्दछन् । ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको कुरा बिनासंकोच सुनाउनपछि नपर्ने देउवा […]
पर्यटकको आकर्षक बन्दै ‘अनैकोट भ्यू टावर’
बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित दृश्यावलोकन स्तम्भ ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना बोकेको यो क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । सो टावरबाट […]
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ – हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू९भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]
डलरको रेट अहिलेसम्मकै उच्च
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा रहेको छ। डलरको यो रेट […]
रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त
एजेन्सी – जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी ९बीएसआई०को नेतृत्व गरेका थिए । जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको […]
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं – सरकारले आज (बुधबार) र भोलि (बिहीबार) देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : डाँडाले रोक्यो परीक्षण उडान
काठमाडौँ – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार […]
आज देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ – हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू९भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ । भोलि भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली […]



