समाचार
काठमाडौं संक्रमणको उच्च जोखिममा, संक्रमित बढेको बढ्यै
काठमाडौं – देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था […]
जोखिममा सफाइ कर्मचारी
काठमाडौँ – सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीले निकै जोखिमयुक्त अवस्थामा काम गर्ने गरेको पाइएको छ । जोखिम हुँदा पनि सावधानीपूर्वक यस क्षेत्रमा खटिएको भन्दै स्वास्थ्य क्षेत्रका कर्मचारीले आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन् । फोहोरबाट पुनः प्रयोग हुन सक्ने कवाड वस्तु छुट्याउने काम गरेर जीविका चलाइरहनुभएकी माया तामाङले कोरोना भाइरस महामारीका बीच यस […]
कोरोना संक्रमितलाई १४ दिन मात्रै अस्पताल
काठमाडौँ – कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्र अस्पतालको आइसोलेनमा बस्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापन गर्न सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा यस्तो परिपत्र गरेको हो। कोरोनाको लक्षण तथा चिह्नहरू नभएका (एसिम्टोमेटिक) र सामान्य लक्षण एवं चिह्नहरू भएका ९माइल्ड० केसका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ। १० […]
देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा सम्भावना हुने
काठमाडौँ – आज देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाको सम्भावना रहेको छ। हाल देश भर सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । साथै दिउँसो […]
त्रिविको स्थगित परीक्षा असोजभित्रै, वैकल्पिक विधि तय गरिँदै
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो । त्रिभुवन […]
कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छैन: उर्जा
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी पदमा नियुक्तिका लागि ऊर्जा मन्त्रालयले आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव नलगिएको जनाएको छ । प्राधिकरणको कार्यकारी निर्देशक पदमा आज बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै निरन्तरता दिएको समाचार आइरहँदा ऊर्जाले भने प्रस्ताव नै नलगेको स्रोतले जनाएको छ। प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रीज्यूले कसैको पनि नामलाई अगाडि लानु भएको छैनु, ऊर्जा […]
उपत्यकामा सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्ने, निषेधाज्ञा अवधि थप गर्न आग्रह
काठमाडौँ – उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टे«सिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टे«सिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ । उपत्यका नगरपालिका […]
अमेरिकामा प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति
काठमाडौँ – अमेरिकामा कोरोना भाइरस (कोभड–१९) का बिरामीको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति दिइएको छ । सरकारी निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ बाट निको भएकाहरूको रगतको प्लाज्मा अन्य बिरामीको उपचारमा प्रयोग गर्न आकस्मिक अनुमति दिएको हो । एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा बढी फाइदा रहेको समेत जनाएको छ । कान्तिपुर […]
नेकपा कार्यदलको सुझाव : ओलीलाई प्रधानमन्त्री, प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार
काठमाडौं – नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलले नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्री रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०लाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहनेगरी जिम्मेवारी बाँडफाँट गर्न सुझाव दिएको छ । पार्टीभित्रको विवाद समाधानका लागि नेकपाले गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र […]
सकियो चालक अनुमतिपत्र छपाइः वितरण अनिश्चित
काठमाडौँ – ८ भदौ गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ । यातायात व्यवस्था विभागले अधिकांश अनुमतिपत्र छापे पनि यातायात व्यवस्था कार्यालयले कहिले वितरण गर्ने भन्ने निश्चित छैन । विभागले सरकारले जारी गरेको बन्दाबन्दीका समयमा समेत थप […]



