समाचार
सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन
काठमाडौँ – महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा६च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’ फोन दरबारमार्ग वृत्तकै घुमुवा प्रहरी प्रसन्न श्रेष्ठले गरेका थिए । फोन गरेर प्रसन्न गाडीको पछि दगुरे । प्रसन्नकै साथमा अर्का घुमुवा प्रहरी बहादुरसिंह कठायत थिए । उनीहरूसँग भारत गुजरातका कौशल […]
काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती
काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ । १. नाका बन्द गर्न ढिलाइ २. अनुशासनहीन नागरिक ३. अपुरो परीक्षण ४. खचाखच […]
प्रधानमन्त्री ओलीले दिए बकर ईदको शुभकामना
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद ९ईदुल जोहा०का अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्। आज शुभकामना सन्देश दिँदै उनले विविधता बीचको एकता मौलिक पूँजी भएको र यसका माध्यमबाट देशलाई विकास र समृद्धिमा […]
सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना पुष्टि
वीरगन्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायले बताए । सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक […]
नेकपा विवादमा मन्त्रीमाथि नैतिक प्रश्न, प्रधानमन्त्री पनि जिम्मेवार !
काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने ? यही प्रश्न सत्तारुढ नेकपाको आन्तरिक विवादको केन्द्रमा छ । र, यसैमा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पार्टी बहसमा सहभागी छन् । मन्त्रीको नैतिकताको प्रश्नसँगै प्रधानमन्त्री ओलीको भूमिकामाथि पनि उत्तिकै प्रश्न छन् । बहसमा मात्र होइन सरकारलाई निरन्तरता दिने र ढाल्ने समूहमा उनीहरु उत्तिकै […]
भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित
काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि […]
हामीले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्छः डब्ल्यूएचओ
काठमाडौँ – विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोनम ग्रेब्रेयाससले संसारले कोरोनाभाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । संगठनको दैनिक पत्रकार सम्मेलनका क्रममा गेब्रेयाससले भने, ‘हामी सबैले यो भाइरससँग बाँच्न सिक्नुपर्छ र हामीले आफ्नो र अन्य व्यक्तिको जीवन रक्षा गर्दै बाँच्नका लागि आवश्यक सावधानी अपनाउन आवश्यक छ ।’ उनले हज यात्राको विषयमा साउदी अरबले लगाएको प्रतिबन्धको प्रशंसा […]
२४ घन्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण, थप १ सय ३० जनामा कोरोना पुष्टि
श्रावण ११, काठमाडौँ पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १ सय ३० नयाँ संक्रमित थपिएको जानकारी दिनुभएको हो । यो संगै देशभरी १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन् । […]
गोरखामा पहिरोजाँदा स्थानीय खोला थुनियो, ७० घरधुरी सुरक्षित स्थानमा सारिए
श्रावण १०, गोरखा गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरो जाँदा स्थानीय नौलीखोला थुनिएको छ । लापुस्थित मापुडाँडामा गएको पहिरोले शुक्रबार रातिदेखि खोला थुनिएको हो । स्थानीयका अनुसार करिब ९–१० घण्टा देखी पहिरोका कारण नोलीखोला थुनिएर ताल बनेको छ । मापुमा डाँडा नै भासिएको र पहिरो जाने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको स्थानीयले जनाएका छन् । पहिरो […]
थप एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ९ श्रावन शुक्रबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका……११ कि ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । मृतक मुटुको रोगी थिइन् । केही दिनअघि निमोनिया भएर एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् र साउन ७ गते कोरोना संक्रमण पुष्टि […]



