समाचार
स्वास्थ्य सामग्री खरिद प्रकरणमा उपप्रधानमन्त्री पोखरेल पनि छानबिनमा तानिए
काठमाडौँ-स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरण छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिनुभएको छ । लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिदमा, खरिद प्रक्रियामा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले उहाँलाई पनि छानबिनका लागि बोलाउने भएको हो । आफ्नो अधिकार […]
पुनर्निर्माणको काम सन्तोषजनक रहेको प्रतिनिधिसभाको विकास समितिको निष्कर्ष
काठमाडौँ-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सोमबार ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी दिन अवलोकन गरेको हो । अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समितिका सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए […]
आज तराई र पहाडका केही भागमा भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडाैँ-नेपालको तराई भूभागमा न्यून चापीय रेखा केही समयसम्म सक्रिय रहने हुँदा आज पनि भारी वर्षाको सम्भावना छ । त्यसबाहेक केही पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढी पानी प¥यो भने ‘भारी वर्षा’ भनिन्छ । तराई लगायत नेपालका विभिन्न भागमा अझै केही दिन […]
पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु, एकै परिवारका पाँच बेपत्ता
काठमाडौँ-तनहुँको म्याग्दे गाउँपालिका र व्यस नगरपालिकामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोले घर भत्किदा पुरिएर म्याग्दे गाउँपालिका, ६ की १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको हो । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभयो […]
संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता
काठमाडौं-संखुवासभामा पहिरोजाँदा ११ जना बेपत्ता भएका छन् । संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोले आठवटा घर बगाएको छ भने ११ जना मानिस बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बेपत्ताको खोजी भइरहेको छ । जिल्ला सदरमुकामको विभिन्न स्थानमा पनि पहिरोले क्षति पु¥याएको छ । सदरमुकामको ठाउँठाउँमा पहिरो जाँदा उद्धारकार्यमा टोली परिचालन […]
बबई नदीमा आएको बाढीले बगाउदा थारु दम्पती बेपत्ता
बर्दिया-बबई नदीमा आएको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन् । ठाकुरबाबा नगरपालिका–४ बगनाहाका ३२ वर्षीय जितबहादुर थारू र उनकी पत्नी २६ वर्षीया राजकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बबईको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरेर फर्कने क्रममा शनिबार बाढीमा बगेर उनीहरु बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बबई नदीको खैलार […]
कोसीले फेरी रुवाउने भो सप्तरीका जनतालाई, पश्चिमी तटबन्ध भत्किने खतरा
सप्तरी-केही दिनदेखीको अविरल वर्षाका कारण पहाडी क्षेत्रका सप्तकोसीमा मिसिने साना ठुला नदीनालामा पानीको वहाब बढ्दै जाँदा सप्तकोसी नदी उर्लिदै गएको छ । उर्लिएको सप्तकोसीको भेल सुनसरी र सप्तरी आइपुग्दा पश्चिमी तटबन्धतर्फ सोझिएको छ । भेलले पश्चिमी तटबन्ध भत्काउने जोखिम बढेपछि सप्तरीका बस्तीहरूमा त्रास बढेको छ । बाँध मर्मतसम्भारको जिम्मा भारतीय कोसी योजनाअन्तर्गत छ । योजनाले बाँधको उचित मर्मतसम्भारमा […]
पोखराका विभिन्न स्थानमा पहिरो जाँदा ७ जनाको मृत्यु
पोखरा-अविरल वर्षाका कारण गएको परी गए राति पोखराका विभिन्न स्थानमा पहिरोमा ७ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा सराङकोटमा ५० बर्षका टंक थापा, उनकी श्रीमती ४५ बर्षकी सोम माया थापा, ११ बर्षकी ईश्वरी थापा मगर, ६ बर्षका सुवान थापा रहेको प्रहरीले जनाएको छ । १ जना श्रेष्ठ थरका […]
आज मिति २०७७ असार २५ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रम
१. गृह सचिव महेश्वर न्यौपाने द्वारा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई दर्ज्यानी चिन्न लगाउने, स्थान : गृह मन्त्रालयको सभाहल, सिंहदरबार, समय : विहान ९ बजे । २. संघीय संसद,प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको बैठक, स्थान : समितिको सभाकक्ष, सिंहदरबार समय : विहान ११ बजे । ३. संघीय संसद, प्रतिनिधि सभा, प्रत्यायोजित व्यवस्थापन तथा […]
भोटेकोसीमा आएको भीषण बाढीमा दुइजनाको शव फेला, धेरैजना बेपत्ता भएको आशंका
सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले दर्जनभन्दा बढी घर बगाएको छ । धेरैजना बेपत्ता भएको आशंका गरिएको छ र दुईजनाको शव फेला परेको छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँका घरहरु बाढीले बगाएको हो । बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ । गएराति आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । हालसम्म […]



