Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा रहेको छ। युरो एकको खरिद […]

रामेछापको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी (फोटोफिचर)

रामेछाप – नेपालका घुम्नैपर्ने ठाउँ रामेछापमा धेरै छन् । त्यसमध्ये रामेछापको जटापोखरी र पाँचपोखरी घुम्नैपर्ने पर्यटकीय गन्तव्यस्थल हो । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरूले धेरैलाई लोभ्याउने गरेका छन् । पाँचपोखरी तथा जट्टापोखरी प्रकृतिका उपहार हुन् । पाँचपोखरीको चर्चा हुने गरे पनि चुचुरेमा रहेका जट्टापोखरी, जुम्ल्याहापोखरी, कालपोखरी, जोरपोखरी, दूधपोखरी, रत्नपोखरीको भने उचित प्रचार हुन सकेको […]

इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी

काठमाडौं – घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा जित हात पारेको छ । कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो । यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा […]

जब फ्लोरिडाको सडकमा हजारौँ बियर क्यान पोखियो….

एजेन्सी – अमेरिकामा पाँचवटा सेमि–ट्रेलरबाट बियरका हजारौँ क्यानहरू पोखिएपछि फ्लोरिडाको एउटा राजमार्ग बुधबार ठप्प भएको छ । सडकका छेउमा रोकेर राखिएका ट्रकहरूसँग ठोक्किएर त्यसरी बियरका क्याहरू सडकमा झरेपछि राजमार्गका सम्पूर्ण लेन बन्द भएका थिए । फ्लोरिडा हाइवे पेट्रोलले सार्वजनिक गरेका तस्बिरहरूमा सबै क्षेत्रमा झरेका बियर बाकस र छरिएका क्यानले सडक नै पूरा छोपिएको देखिन्छ । […]

लगनगाँठो कस्दै कलाकार बुद्धि तामाङ

काठमाडौं – नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसंग असोज ७ गते लगठगाँठो कस्न लागेका हुन् । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका बुद्धिले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् । सार्वजनिक समारोह, अन्तरवार्ताहरुमा उनलाई […]

कार सफा गर्ने नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा

काठमाडौं – नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन् । गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन् । उनले त्यहाँ मासिक […]

युक्रेन युद्धको विरोधमा रुसमा ब्यापक प्रदर्शन

काठमाडौं । युक्रेन युद्धको विरोधमा रुसमा भएको प्रदर्शनमा झण्डै एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो । सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ । राजधानी मस्को र सेन्ट पिटर्सवर्ग शहरमा […]

महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ – बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि सुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । टी–२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्यान्ड र मलेसिया सहभागी हुनेछन् । अक्टोबर […]

‘सी’ डिभिजन लिग छनौट आजबाट

काठमाडौं – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट आज बिहीबारबाट सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुने छनौटको पहिलो दिन दुई खेलहरु हुनेछन्। पहिलो खेलमा समूह ए को प्रगति युथ क्लब र मसुरिया फुटबल एकेडेमी भिड्ने छन् । खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा समूह बी को फर्साटिकर युवा क्लब […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद […]