Author: Sawal Media
निर्मला प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन गरिने
काठमाडौँ – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि ‘म्याच’ नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरूसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । अहिले प्रहरीले भीमदत्तनगर– १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको […]
निर्मला हत्या प्रकरण : दुई अभियुक्तले स्विकारे आरोप
निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)स्रोतले बतायो । महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा […]
निर्मला पन्त बलात्कार र हत्या अपराधीनजिक पुग्यौं : प्रहरी
काठमाडौं – प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अन्नपूर्णसँग भने, […]
त्रिविमा १३ करोड अनियमितता !
काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ । उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ […]
निर्मला हत्या प्रकरण : चुरोट तान्न दिँदै बयान लिन थालियो
काठमाडौं – निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो । रावललाई चार दिनअघि नियन्त्रणमा लिइएको हो । लागु औषध दुर्व्यसनी […]
निर्मला हत्याकाण्डमा कुखुरा चोर पक्राउ !
काठमाडौं – पक्राउ परेका विशाल चौधरीकी आमा सलमती भन्छिन् ‘चोरीमा पहिले पनि पक्राउ परेको हो, तर त्यत्रो अपराध गरेको छैन’ चार–पाँच दिनअघि बिहान राम्ररी उज्यालो पनि भएको थिएन । हाम्रो छोरो ९विशाल० त उठेको पनि थिएन, पुलिसले ओछ्यानबाटै लगे । दिनभर केरकार गरेर बेलुका छाडिदिए । अर्को दिन फेरि समातेछन्, दिनभर केरकार गरेर छाडिदिए । यसरी कहिले घरबाट, कहिले […]
शीतल निवासका अनेक सास्ती
काठमाडौं – डा.रामवरण यादव राष्ट्रपति हुँदैमा अहिलेको चर्चित पप्पु कन्स्ट्रक्सनजस्तै कुनै ठेकेदारले शीतल निवास हाताभित्र निर्मित नयाँ भवनलाई कच्चा बनाएर त्यसबाट आम्दानी गरेको पाइएको छ । अहिले त्यो ठेकेदारको खोजी हुँदैछ । त्यहाँको बलेनी चुहिने, पानी जम्ने, बैंक्वेट हलमा १२–१५ भन्दा बढी नअट्ने, लिफ्ट सानो शीतल निवासका सास्ती अनेक छन् । प्रधानमन्त्री र विभिन्न दलका नेता […]
संघीयता कार्यान्वयनमा सुस्तायो केन्द्र सरकार, प्रदेशमा छटपटी
काठमाडौँ-प्रदेश र स्थानीय सरकार आवश्यक कानुन, कर्मचारी व्यवस्थापन र राजस्वको समुचित बाँडफाँटका लागि हतारिइरहँदा संघीय सरकार भने सुस्त छ । तल्ला तहले उठाएका समस्या पहिचान र समाधानमा केन्द्रीय निकाय गम्भीर छैन । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार संघीयता कार्यान्वयनका समस्या छलफल गर्न बोलाएको बैठकमा विषयगत मन्त्रीहरूले ठोस जवाफ दिन सकेनन् । सबैजसोको एउटै […]
कांग्रेसको आर्थिक नीति स् रोजगारीदेखि पेट्रोलचल्ने गाडी बन्दसम्म
काठमाडौँ-नेपाली कांग्रेसले सन् २०३० सम्ममा नेपालमा पेट्रोलबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाउने नीति अघि सारेको छ। पार्टी सहमहामन्त्री एवम् आर्थिक नीति प्रस्ताव समितिका संयोजक डा। प्रकाशशरण महतले यस्तो आर्थिक नीति बुधबार केन्द्रीय समितिमा प्रस्तुत गरेका हुन्।१८ बुँदे प्रस्तावित नीतिमा यस्तो प्रस्ताव गरेको हो। कांग्रेसले व्यापार घाटा कम गर्न र स्वदेशी जलविद्युतको उपभोग बढाउन यो नीति […]
विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन्। नेपाल(चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले बुधबार साँझ आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उनले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताए। उनले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न […]



