Author: Sawal Media
नेता सुरक्षित हुन खोज्दा पिडितको न्याय हरण
राजनितिक दलको नेताहरु सुरक्षीत हुन खोज्दा द्धन्दपिडितहरुको १२ बर्षमा न्याय नै हरायको र यसको परिणाम दण्डहिनता मौलाएको एक कार्यक्रमका सहभागिले बताएका छन् । इक्वेल एक्सेसको आयोजना र द्दन्दपिडित साझा चौतारी लगायतको संस्थाहरुको सहकार्यमा बागलुङमा आयोजना गरेको द्वन्द्वसंग सम्बन्धित महिला हिंसा विषयक अन्तरपुस्ता संवाद कार्यक्रमका सहभागिहरुले उच्च नेतृत्वहरु सुरक्षित हुने गरि सत्य निरुपण तथा मेलमिलाप र […]
मुख गनाउने समस्या
धेरै मानिसको मुख गनाउँछ । तर, मुख गनाउने समस्यालाई उनीहरूले धेरै सिरियस्ली लिँदैनन् । किनकि, ती मानिसलाई आफ्नो मुख गनाउने नै थाहा हुँदैन । मुख गनाउने विषय व्यक्तित्वसँग जोडिएको विषय भएकाले केहीलाई तनावको विषय बन्ने गर्दछ । कतिपय मानिस त नियमित ब्रस गर्दा पनि मुख गनाउने समस्याबाट छुटकारा पाउन सक्दैनन् । उसो भए कसरी छुटकारा पाउने […]
११ महिनामै १० लाख विदेशी पर्यटक भित्रिए
भारत र चीनबाट सबैभन्दा धेरै पर्यटक काठमाडौँ – नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कीर्तिमानी पर्यटक आगमनले यस क्षेत्रका व्यवसायी र सरकारी अधिकारी उत्सािहत भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । […]
ओली-नेपाल जुध्दा दाहाल निर्णायक
काठमाडौं – २२ मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो। वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे। नेतृत्वमा बैठकप्रति देखिएको उदासिनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए। बैठक बहिस्कारमा ‘समय पालना’लाई कारण देखाए पनि उनीहरूले […]
सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषको संख्या बढ्दै
काठमाडौँ – मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा आएपछि पुरुषसमेत सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन्। गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको संख्या बढिरहेको हो। पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानुनले पुरुषलाई महिलासरह सम्बन्ध विच्छेदको अधिकार दिएको छ। यसअघि महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न पाउने […]
पूर्वलडाकु मेटासिट बोकेर मन्त्री निवास
मंसिर ५ गते पनि गृहमन्त्रीकै सामु विष सेवन गरेका भट्टराई भन्छन्– ‘सरकारले पूर्वलडाकुको समस्या नै बुझदैन, सम्झौता पालना गर्दैन भने किन बाँच्ने ?’ काठमाडौँ — सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट […]
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस
काठमाडौँ — संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद् स्रोतले बताएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन्। संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक […]
भरतीय रुपैयाँ नेपाल ल्याउन र साथमा राख्न गैरकानुनी हुने देखी किसानको ऋण मिनाहा सम्म : मन्त्रीपरिषद्का निर्णय
सवाल सम्वाददाता काठमाडौँ-भारतीय रुपैयाँ दुई सय,पाँच सय र दुई हजारका नोटहरु राख्न गैरकानुनी हुने भएको छ । मन्त्रीपरिसदको गत मंसिर २४ गते सोमबार बसेको बैठकले तिन नोटहरु ल्याउन, बोक्न वा राख्न गैरकानुनी हुने सुचना प्रकाशन गर्ने निर्णय गरेको छ । छिमेकी देश भारतमा अधिकांस नेपालीहरु रोजगार तथा अन्य शिलशिलामा जाने गर्छन् । खल्ला सिमाना भएका […]
हरियो खुर्सानीका फाइदै–फाइदा
एजेन्सी – पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । हरियो खुर्सानी स्वास्थ्यसँगै […]
गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट
काठमाडौँ – युवतीलाई टाउकोमा ढुंगाले हानेर बेहोस बनाई सामूहिक बलात्कार गरी फरार भएका अभियुक्त १० महिनापछि गोदावरीमै पक्राउ एक वर्षअघि ललितपुरको गोदावरी–१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधबार गोदावरीमै पक्राउ गरेको हो । पक्राउ परेका […]



