Author: Sawal Media
सिंहदरबारका ‘छायाँ शासक’
काठमाडौं – प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, त्यसमा सहभागी एक सचिवले भने, ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो ।’ स्रोतका अनुसार रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘बिफ्रिङ’ मा बोलाउँछन् । […]
केरुङ-काठमाडौँ रेलमार्ग स्थलगत अध्ययन गर्दै चिनियाँ टोली
काठमाडौं – रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरेको बताए […]
बागलुङमा लैङ्गिक हिंसा बिरुद्द अभियान
विश्व मानव अधिकार दिवसको अवसरमा लैङ्गिक हिंसा बिरुद्द १६ दिने अभियान बागलुङ जिल्लाको दक्षिण भेग जैमिनि नगरपालिकामा यक समारोह बिच जुलुस तथा अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा बागलुङ जिल्लामा मानब हिंसा र गंभिर प्रकारको मानव अधिकार महिला हिंसात्मक घटनाहरु बढेको तर यसको लागि उल्लेखनिय काम हुन नसकेको कार्यक्रममा बोल्ने सहभागिले बताए । कार्यक्रममा बोल्दै जैमिनि नगरपालिका […]
जटिल मोडमा निर्मला हत्या प्रकरण
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या अनुसन्धान थप जटिल मोडमा पुगेको छ । पछिल्लो समय प्रहरीले पक्राउ गरेको दुई युवा विशाल चौधरी र प्रदीप रावललाई उक्त घटना भएको बेला प्रहरी हिरासतमै रहेको भन्ने खुल्न आएपछि घटनाको अनुसन्धान र दोषी को हो भन्ने विषय झन् पेचिलो बनेको हो । निर्मलाको शव भेटिए […]
विवाह पञ्चमी महोत्सवमा आज मटकोर
काठमाडौँ – जनकपुरधाममा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको पाँचौं दिन मंगलबार मटकोरको विधि हुँदैछ। जानकी मन्दिरबाट जनकनन्दनी जानकीको प्रतिकात्मक स्वरूपसँगै गीतनाद, बाजागाजा र झॉकीसहित निस्केको डोला ऐतिहासिक गंगासागर पुगी माटो खनेर मटकोर विधि गर्ने परम्परा छ। वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक जानकी मन्दिर भित्र्याइएको माटोले रामजानकी विवाहका लागि विवाह वेदी तयार गर्ने परम्परा छ। भगवान रामको […]
हार्ट अट्याकबाट रुसी वैज्ञानिकको मृत्यु
काठमाडौं – मानिसलाई पुनर्जीवनको आशा दिलाउने रुसी वैज्ञानिक डा। युरी पिचुगिनको दिमाग फ्रिजमा राखिएको छ । उनको दिमाग पछि पनि प्रयोग गर्ने उद्देश्यअनुसार माइनस १९६ डिग्री सेल्सियस तापक्रममा राखिएको डेली मेलले जनाएको छ । डा. युरी पिचुगिनको ६७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । डा। युरीले फ्रैंकेस्टाइन प्रविधिको खोजी गरेका थिए । यसको […]
तेल चोर्न पाउनुपर्यो भनी आन्दोलन
काठमाडौं – इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै […]
जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !
मुगु — कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदै छिन् । यहाँ एउटा गोरु जोत्ने पुरानो चलन छ ।थेनसिंह लामा भन्छन्, यो हाम्रो पुर्खादेखिको चलन हो । यो गाउँमा […]
नेपालमा फेरि आठ रेक्टरको भूकम्प आउने खतरा’
काठमाडौं – नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको […]
चारै राजदूत अनुमोदित
काठमाडौं – संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदित हुनेमा भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन् । राष्ट्रपतिले संविधानअनुसार उनीहरूलाई राजदूत नियुक्त गरेपछि सम्बन्धित मुलुकमा नाम पठाइनेछ । ती मुलुकका सरकारबाट एग्रिमो […]



