आर्थिक
झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट
१८ जेठ, काठमाडौँ – झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई […]
बजेट कार्यान्वयनका कार्ययोजना तयार गरिन्छ : मन्त्री पौडेल
१७ जेठ, काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन गर्नको लागि स्पष्ट कार्ययोजना तय गरिने बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदा हुँदै पनि कार्यन्वयनमा शङ्का गरिएको भन्दै अर्थमन्त्री पौडेलले मन्त्रालयगत कार्ययोजना बनाएर सरकार अघि बढ्ने उल्लेख गर्नुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको […]
बीमा समितिले हिमालयन रि’ इन्स्योरेन्सलाई दियोे निजी क्षेत्रको पुनर्बीमा कम्पनीको लागि अनुमति
१७ जेठ, काठमाडौं– हिमालयन रि’ इन्स्योरेन्सले पुनर्बीमा कम्पनी खोल्न अनुमति पाएको छ । बीमा समितिले हिमालयन रि’इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न अनुमति प्रदान गरेको हो। समितिमा आवेदन परेका ५ कम्पनी मध्ये हिमालयनलाई पुनर्बीमा खोल्ने अनुमति समितिले दिएको हो । समितिले वैशाख १६ गते प्रस्ताव पेश गर्न माग गर्दा हिमालयनसहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र […]
स्वास्थ्य मन्त्रालयले भन्यो : खोप खरिद गर्ने जिम्मा केन्द्र सरकारको
१६ जेठ, काठमाडौँ – सरकारले स्थानीय तहहरुलाई कोभिड–१९ विरुद्धको खोप आफैं खरिद नगर्न भनेको छ । केही स्थानीय तहहरुले खोप खरिद गर्ने व्यवस्था मिलाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिरहेका बेला सरकारको यस्तो धारणा बाहिर आएको हो । कोरोना महामारी नियन्त्रण गर्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालय संघीय सरकारको रहेको भन्दै सरकारले सबै नागरिकलाई खोप दिने घोषणा […]
मतदाता प्रभावित पार्न बजेट ल्याइएको होइन : अर्थ मन्त्री पौडेल
१६ जेठ, काठमाडौँ – सरकारले मतदाता प्रभावित पार्नका लागि बजेट नल्याएको बताएको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभयो । अर्थ मन्त्री विष्णु पौडेलले सरकारले […]
सेयर कारोवार रकम अहिलेसम्मकै सर्वाधिक, एकैदिन १७ अर्ब बढीको कारोवार
१६ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा आज १७ अर्ब बढीको सेयर कारोवार भई पुनः सर्वाधिक कारोवार रकमको ‘रेकर्ड कायम भएको छ । बजारमा आज कुल १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४४ रुपैयाँबराबरको कारोवार हुँदै नयाँ रेकर्ड बनेको हो । सुरुवातदेखि नै बढेको सेयरबजार परिसूचक नेप्से अन्तिम समयमा १२ दशमलव […]
पूर्व अर्थमन्त्री पुनको टिप्पणी- दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ भन्ने बजेट
१६ जेठ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गर्नुभएको छ । पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट काम चलाउ सरकारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाउनुभयो । संसद पुनःस्थापना हुने र यो बजेट खारेज हुने पनि उहाँले बताउनुभयो । […]
हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने
१६ जेठ, काठमाडौँ – हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए । नेपालका ७७ जिल्ला सदरमुकाममध्ये सिमकोटबाहेक ७६ सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सरकारका प्रत्येक वर्षको बजेट भाषणमा सिमकोटलाई राष्ट्रिय […]
सरकारको आगामी वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
१५ जेठ, काठमाडौँ – सरकारले कोरोना महामारीकैबीच महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने लक्ष्य सरकारले लिएको हो । आगामी आवमा खोपको उपलब्धता, पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भन्दै यसले आर्थिक वृद्धिमा सहयोग पुग्ने अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । सरकारले चालु […]
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
१५ जेठ, काठमाडौँ – सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड […]



