Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्यटन

पुनर्निर्माणको काम सन्तोषजनक रहेको प्रतिनिधिसभाको विकास समितिको निष्कर्ष

काठमाडौँ-संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेको छ । समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सोमबार ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी दिन अवलोकन गरेको हो । अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समितिका सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए […]

अक्सिजनबिना नै सगरमाथा आरोहन

काठमाडौं सर्वोच्च शिखर सगरमाथामा हाल सम्म जम्मा दुई पटक मात्रै पर्वतारोही हिउँदमा शिखरमा पुगेका छन् । यस्तै चुनौती लिएर नेपाली पर्वतारोही सगरमाथातर्फ जाँदैछन्, त्यो पनि अक्सिजनबिना नै । अत्यधिक चिसो हुने, हिउँ परिरहने, बाटो बनाउन र पहिल्याउन निकै गाह्रो हुने हिउँदमा चुचुरो चुम्ने चुनौतीमा जुटेका हुन्, नेपाली आरोही टासी लाक्पा शेर्पा । ‘१९८० मा जापानी आरोही र […]

शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राखिने

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १ सय ४१ किलो सुनको जलहरी राख्ने भएको छ । कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा यसका लागि आर्थिक संकलन गर्न कोषकासमिति बनाइएको छ । यस अघि रहेको चाँदीको जलहरीको सट्टामा सुनको राख्न लागिएको हो । अहिलेको बजार मूल्यअनुसार उक्त जलहरीको मूल्य ९२ करोडको हुने अनुमान गरिएको छ […]

तश्विरमा हेर्नुहोस् भुकम्प पछिकोे चागुनारायण

बाग्मती – नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायणमा छ। भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ ।  काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक […]

पर्यटन र स्थानिय उत्पादनमा जोड दिउँ : उपराष्ट्रपति पुन

सीताराम थापा बागलुङ-उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनीलाई एक पर्यटकिय क्षेत्रका रुपमा विकस गर्न सकिने बताउनु भएको छ । बागलुङको जैमिनीमा मंगलबार आयोजना गरिएको जैमिनीको प्रथम महोत्सव मुलसमारोहको समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले जैमिनी ग्रामिण क्षेत्र भए पनि यहाँको स्थानिय उत्पादनमा जोड दिन सके यहाँको पर्यटन प्रबधन गर्न सकिने बतउनु भयो । करीडोरको बाटोले भारत र चिन संग […]

नयाँ बर्षमा रु एक सयमा डिलक्स रुम

बागलुङ-अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रिने पर्यटकले एक सय रूपैयाँमै  सुविधायुक्त होटलको कोठा पाउने भएका छन् । पर्यटकहरुको आकर्षणका लागि होटल व्यवसायीहरुले नयाँ बर्ष छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार राष्ट्रिय तथा ख्याति प्राप्त कलाकार हरुको प्रस्तुतिको साथ साङ्गीतिक साँझको आयोजना गर्दैछ । […]

११ महिनामै १० लाख विदेशी पर्यटक भित्रिए

भारत र चीनबाट सबैभन्दा धेरै पर्यटक काठमाडौँ  – नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कीर्तिमानी पर्यटक आगमनले यस क्षेत्रका व्यवसायी र सरकारी अधिकारी उत्सािहत भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । […]