राजनीति
चीन र भारत जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग छिट्टै : प्रधानमन्त्री
किमाथाङ्का, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण कोशी राजमार्गको आज हेलिकप्टरबाट अनुगमन गर्नुभएको थियो । उक्त मार्ग चीन, भारत र नेपाललाई जोड्ने देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि […]
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने
२६ कात्तिक काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन […]
बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो, राष्ट्रियसभा सदस्य कायम रहने
२६ कात्तिक काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा यात्रामा रोक लगाउन नपर्ने सर्वोच्च अदालतले आदेश सुनाएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई गर्दै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशले गौतमको राष्ट्रियसभा सदस्यले निरन्तरता पाउने गरी […]
कोरोनाबीच प्रधानमन्त्री ओलीको संखुवासभा भ्रमण
२६ कात्तिक काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार सङ्खुवासभा जाँदैहुनुहुन्छ । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाकारी दिएको छ । आज ओलीले त्यहाँ सञ्चालित विभिन्न विकास निर्माणका आयोजनाहरुको वलोकन गर्नुहुने छ । प्रधानमन्त्री ओली सङ्खुवा जानेभएपछि तयारी पनि तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको […]
नेकपामा विभाजन रोक्न खबरदारी
२५ कात्तिक तनहुँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ । सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र पठाउँदै पार्टीको विवाद तत्काल समाधान […]
ओली भेट्न बालुवाटार पुगे प्रचण्ड
२५ कात्तिक काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ । यसअघि ओली प्रचण्डबीच गत आइतवार भेटघाट भएको थियो । प्रचण्डले पार्टीभित्र देखिएको समस्या […]
पार्टीबाटै सरकारलाई असहयोग भयो :प्रधानमन्त्री
२४ कात्तिक काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उहाँले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनुुभयो । पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि […]
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
२३ कात्तिक काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले […]
मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली
२३ कात्तिक काठमाडौँ – नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले […]
प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’
२२ कात्तिक काठमाडौँ – सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् । बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे । प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस् । म अहिले […]



