Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

नेकपा बैठक : अध्यक्ष ओलीलाई सामूहिक भेटेर बैठक बोलाउन आग्रह गर्ने निर्णय

कात्तिक २१ काठमाडौं – सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकले सचिवालयको आधिकारिक बैठक बोलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। शुक्रबार धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकले सचिवालयको आधिकारिक बैठक बोलाउन अध्यक्ष ओलीलाई भेटेर सामूहिक आग्रह गर्ने निर्णय […]

प्रधानमन्त्री ओली र नरवणेबीच भेट

२१ कात्तिक  काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उक्त भेटको अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँले दुई देशबीच शदिऔंँ […]

दाङमा मुर्ति चोर्नेहरुको पहिचान गरि कार्वाही गर्न विश्वहिन्दु युवासंघको माग

२१ कात्तिक  काठमाडौं दाङ तुल्सिपुरको वडा नम्बर ६ मा रहेको त्रिसिद्देश्वरी मन्दीरमा भएका दान पेटि तोडेर नगद चोरी गरी मन्दिरमा भएका बाघका मुर्तिहरु तोडफोड गर्ने घटनामा संलग्नलाई पहिचान गरी कार्वाही गर्न बिश्व हिन्दु युवा संघले सरकार सँग माग गरेको छ। संघको तर्फबाट आज बिश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो […]

नेपाल नाम अघि विशेषण जोड्नु आवश्यक छैन : थापा

काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आवश्यक नभएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक […]

भारतीय सेना प्रमुख नरवणे हिमाल हेर्न माउन्टेन फ्लाइटमा

२१ कात्तिक  काठमाडौँ- तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले माउन्टेन फ्लाइट गरेका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि खरिद गरिएको हेलिकप्टरमार्फत शुक्रबार माउन्टेन फ्लाइट गराइएको सैन्य स्रोतले जनाएको छ। नेपालका हिमालको दृश्यावलोकनका लागि नरवणे शुक्रबार बिहान सोलुखुम्बु पुगेका हुन् । उनले माउन्टेन फ्लाइटबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको दृष्यावलोकन […]

प्रधानमन्त्रीले मन्त्रीहरूसँग भन्नुभयो, ‘मुलुकमा गम्भीर संकट आउन सक्छ, तयार रहनूस्’

२० कात्तिक  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई मुलुकमा गम्भीर संकट आउन सक्ने भन्दै यसको सामना गर्न तयार रहन निर्देशन दिनुभएको छ । बिहीबार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु्भएको हो ।   पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे समेत उनले बैठकमा जानकारी गराएको एक मन्त्रीले जानकाी दिनुभयो । उहाँका अनुसार, ‘उहाँले मुलुक […]

पाटीभित्रको विवादमाथि छलफल गर्न काँग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

२० कात्तिक काठमाडौं – नेपालीका काँग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवाद हल गर्न नेताहरुले छलफल गर्न लागेका हुन् । पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल हुनेछ । कांग्रेसले १४ औं महाधिवेशन […]

मैले प्रधानमन्त्रीबाट राजीनामा दिए भने देश बर्बादीतिर जान्छ : केपी ओली

१९ कात्तिक काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताउनु भएकाे छ । प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उहाँले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको बताउनु भयाे। ‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पस्यो,’ बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘तर […]

पर्यटनमन्त्रीले छ स्थानीय तहको अवलोकन गर्ने

१९ कात्तिक काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आठ दिन गृह जिल्ला ताप्लेजुङका छ स्थानीय तहको अवलोकन तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्नुहुने भएको छ । उहाँको यही कात्तिक २१ देखि २८ गतेसम्म कोरोना महामारीको समय भए पनि भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी सरकारी कार्यालय प्रमुखसँग बैठक, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम […]

महरा पत्नीको निधनबाट सभामुख सापकोटा मर्माहत

१९ कात्तिक काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । सभामुख सापकोटाले विज्ञप्तिमा भन्नुभएको छ, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार […]